काँचो फलफूल र तरकारी स्वास्थ्यका फाइदाजनक

सबैभन्दा पौष्टिक खाना कुन हो ? काँचो कि पकाएको ? सायदै कसैसँग होला यस प्रश्नको तत्काल जवाफ छ । किनकि दुवै प्रकारका खानेकुराको आ–आफ्नै विशेषता छन् ।

तर हाम्रो खानपानमा कतिपय फलफूल र तरकारी काँचै समावेश गरिन्छ । आजभोलि त तौल नियन्त्रणका लागि काँचो तरकारी तथा फलको सलाद खाने चलन पनि बढेको छ । स्वस्थ शरीरका लागि खानामा काँचो आहार राम्रो मानिन्छ । काँचो आहारले खानेकुरा राम्ररी पचाउन सहयोग गर्छ । साथै यसको पोषक तत्त्व पूर्ण रूपमा शरीरले पाउँछ ।

काँचो खानेकुराले के फाइदा गर्छ ?

काँचो खानेकुरामा धेरै पोषक तत्त्व र बायोएक्टिभ फाइटोकेमिकल्स हुन्छ । जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् । यसमा फाइबर र पोटासियम प्रशस्त हुन्छ, जसले रक्तचापको स्तरलाई नियन्त्रण गर्न सक्छ ।