हुथी विद्रोहीद्धारा पानीजहाज अपहरण

यमनी हुथी विद्रोहीहरुले लालसागरस्थित एउटा मालबाहक पानीजहाज अपहरण गरेका छन् ।

हेलिकप्टरबाट पानी जहाजमाथि अवतरण गरी उनीहरुले पानी जहाजसहित त्यसका चालक दललाई अपहरण गरेका हुन् ।

हेलिकप्टरबाट पानी जहाजमाथि अवतरण गरेलगत्तै फायरिङ गर्दै उनीहरु भित्र पसेको भिडियो यमनबाट सार्वजनिक भएको छ ।

इजरायली झण्डासहितको “ग्यालेक्सी लिडर” नाम गरेको मालबाहक जहाजलाई नियन्त्रणमा लिएर यमनको बन्दरगाह पु¥याइएको छ ।

टर्कीबाट भारततर्फ जाँदै गरेको उक्त पानी जहाजभित्र २५ जना चालक दलका सदस्य रहेका छन् ।

इजरायलले बेलायती स्वामित्वको उक्त पानी जहाज जापानको मालबाहक जहाज भएको बताएको छ ।

इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुको कार्यालयले मालबाहक जहाज अपरहण इरानको सहयोगमा भएको आरोप लगाएको छ । हुथी विद्रोहीलाई इरानले सहयोग गर्दै आएको छ ।

उता, हमासले भने पानीजहाज अपहरण गरेको भन्दै हुथी विद्रोहीको प्रशंसा गरेको छ ।