बल्खुमा प्रदर्शनकारीमाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार
दुर्गा प्रसाईंका कार्यकर्ताले काठमाडौंको बल्खुमा प्रदर्शनका क्रममा घेरा तोड्न खोजेपछि प्रहरीले पानीको फोहोरा हानेको छ । प्रहरीले प्रदर्शनकारीलाई रोक्न पानीको फोहोरा प्रहार गरेको हो । प्रसाईंका समर्थकले प्रहरीलाई ढुंगा प्रहार गरिरहेका छन् ।
आफूमाथि ढुंगा प्रहार र निर्धारित क्षेत्र तोडेर सहर प्रवेश गर्न खोजेपछि प्रहरीले मूल भीडलाई तितरवितर पारिरहेको छ ।
भीडको नेतृत्व गरिरहेका दुर्गा प्रसाईंले नै भीडलाई उत्तेजित पारेको प्रहरीको भनाइ रहेको छ । त्यसपछि भीडमा सहभागीले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेको थियो ।
प्रसाईं भीडलाई सम्बोधन गरेर निस्किएपछि प्रहरीमाथि ढुंगा प्रहार भएको हो । उक्त प्रदर्शनलाई सम्बोधन गर्नका लागि राप्रपाका मुख्य सचेतक ज्ञानेन्द्र शाहीको पनि उपस्थिति थियो ।