बेथानचोक नारायणस्थानमा पर्यटकको आकर्षण

बेथानचोक गाउँपालिकाको केन्द्रबाट साँढे ६ किलोमिटरको कच्ची सडकमा सवारी साधनको यात्रा पछि तीन किलोमिटरको पैदलबाट बेथान्चोक नारायणस्थान पुग्न सकिन्छ । बेथानचोक नारायणस्थानमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

केही दिनअघि प्रतिनिधी सभाका पुर्व उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, नेकपा एमाले स्थायी कमिटी सदस्य, अर्थ तथा योजना विभाग प्रमुख, प्रतिनिधि सभा पुर्व सदस्य डा.विन्दा पाण्डे, अनेमसंघकी केन्द्रिय महासचिव पेम्बा लामा लगायतको १५ सदस्यीय टोली बेथान्चोक नारायणस्थान पुगेको थियो । । जिल्ला समन्वय समिति काभ्रेका पुर्व प्रमुख उद्धव केसीले जिल्लाबाट टिमको सहजीकरण गरेका थिए । बेथान्चोक गाउँपालिकामा अध्यक्ष भगवान अधिकारी, गाउँपालिका पुर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना वडा अध्यक्ष पुरुषोतम तिमल्सिनाा, पुर्व वडा अध्यक्ष दिलबहादुर श्रेष्ठ, स्थानीय पार्टी कमिटीका नेताहरु चेतनाथ तिमल्सिना, सोमप्रसाद तिमल्सिना लगायतका स्थानीयहरुले स्वागत गरेका थिए । सो क्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारीले समग्र गाउँपालिकाको विकास निर्माणको बारेमा जानकारी गराउँदै आगामी योजना बारे जानकारी गराएका थिए ।

प्रतिनिधी सभा पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले बेथान्चोक गाउँपालिकाको समृद्धीका लागि बेथान्चोक नारायणस्थानको प्रचार प्रसारका साथै विकास निर्माणलाई प्राथमिकतामा राख्न सुझव दिएकी छन। आफ्नो तर्फबाट गर्नुपर्ने पहलकदमीको जिम्मेवारी लिन तयार रहेको उनले बताइन् । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बेथान्चोकको विकास र समृद्धीका लागि पुर्वाधार निर्माण पहिलो प्राथमिकतामा राखेको जानकारी गराउँदै आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आर्कषक पर्यटकिय केन्द्र बनाउने गरी कार्य गरिरहेको बताए । विकास निर्माणमा दल नभनी सहकार्य र समन्वयले मात्रै विकास सम्भव हुने तुम्बाहाम्फेको भनाई थियो । ‘बेथान्चोक गाउँपालिकाका जनप्रतिनिधिहरुले देखाएको उदारता र सहकार्यमा गाउँबासीहरुको भविश्य जोडिएको उनले बताइन् । प्रतिनिधि सभा पूर्व सदस्य डा.विन्दा पाण्डेले बेथान्चोक नारायणस्थानको अवलोकन बेथान्चोकबासीहरुका लागि मात्रै नभई जिल्लाबासीहरुका लागि समेत गर्व गर्न सकिने स्थान भएको बताइ् । यसको संरक्षण, प्रर्वद्धन, प्रचार प्रसार, सरसफाई तथा वातावरणलाई जोगाई राख्ने चुनौती रहेको उनको धारणा छ ।