‘हरेक सुचनाको मन्थन
पारदर्शिता र निष्पक्षताको प्रवद्र्धन’
मदानी विट एक अनलाइन न्युुज पोर्टल हो । मदानी साधन र साध्य दुवै हो । यसले मथेल्ने काम मात्रै गर्दैन परिणाम पनि निकाल्छ । नेपालीमा मदानी भनेको दहिबाट मोही र नौनी निकाल्नका लागि प्रयोग गरिने एक प्रकारको साधन हो । जब मदानीबाट दहिलाई मथेलेर मोही र नौनी छुुट्याईन्छ त्यसरी नै समाजका हरेक आयामहरुलाई मथेलेर सत्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने उदेश्य यस न्युुज पोर्टले राखेको छ । राष्ट्र र राष्ट्रियताका सवालमा, नागरिकहरुको जनजीविकासँग सम्वन्धित विषयमा हामी चुक्ने छैनौ । झुक्ने छैनौ । नागरिकहरुको मियोका रुपमा स्थापित हुने छौं । मदानीले दहि मथे झै समाजका हरेक विकृती र विसंगतिहरुलाई मथेल्ने छौं । त्यसबाट निस्किएको सत्य, तथ्य र निश्पक्ष सामाग्रीलाई पाठक तथा श्रोता र दर्शक समक्ष प्रस्तुत गर्नेछौं ।
राजनीतिक, आर्थिक, सामाजिक, स्वास्थ्य, मनोरञ्जन, खेलकुुद लगायतका सबै विषय बस्तुहरुमा समाचार, लेख, रचना, अन्तरवार्ता, विचार, कथा आदिलाई दु्रुस्त र पाठकहरुको सहज पहुँच मार्फत चुस्त निष्पक्ष र पारदर्शि समाचार सम्प्रेण गर्ने उदेश्य सहित यस पोर्टले आफ्नो कार्य सम्पादन गर्नेछ । गाउँ बस्ति, कुना कन्दाराका समाचार, भुई मान्छेका कथा र विचार, नलेखिएका नखोजिएकाहरुको आवाज, सफलता र असफलताका कथा, कृषि, शिक्षा, पर्यटन, पूर्वाधार, देश, समाज र विश्व परिबेशका घटना परिघटनाहरु पाठकहरु समक्ष प्रस्तुुत गर्ने जमर्को गरेका छौँ । ब्रेकिङ्ग न्युज, गहन लेख, विज्ञका विचार, खोजमुुलक समाचार र विकास पत्रकारीतालाई समेत स्थान दिइनेछ । राज्यले लिएको नीति अनुरुप समाजको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण मार्फत समग्र मुुलुुकको अर्थतन्त्रको विकासका लागि यसले पहलकदमी गर्नेछ । राज्यका विभिन्न निकायहरुका कामकारवाहीलाई निगरानी गर्दै राम्रा कामलाई अझै उत्साह भर्ने र गलत भएको भए त्यसको सत्य तथ्य विवरण पाठकहरु समक्ष प्रस्तुुत गर्नेछ । जसका कारण नागरिकले सेवाप्राप्त गर्ने र सरोकारवालाहरुले कमजोरी गरेको स्थानमा सुधार गर्ने अवसर हुनेछ ।
आम नागरिकहरुमा सुूचनाको हक स्थापीत गर्दै हरेक नागरिकहरुको न्यायमा पहँुुच मार्फत जीवनस्तर उकास्ने सामाजिक उत्तरदायित्व सहितको जिम्मेवारी निर्वाह गर्ने लक्ष्य पुरा गर्नेछौं । त्यहि उदेश्य पुरा गर्न ‘हरेक सुचनाको मन्थन पारदर्शिता र निष्पक्षताको प्रवद्र्धन’ को अभियान सहित हामी उपस्थित भएका छौं । हरेक नागरिकको आवाज र विश्वसनियतालाई प्राथमिकतामा राखेर अनलाईनले सामाग्री प्रकाशन, प्रसारण गर्ने कुरामा हामी प्रतिवद्ध छौं ।