विश्वविद्यालयहरुमा प्रधानमन्त्री पदेन कुलपति हुने ब्यवस्था ब्यवहारीक छैनः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री एवं काठमाडौ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुने ब्यवस्था ब्यवहारीक नभएको बताएका छन् । काठमाडौ विश्वविद्यालयले स्थापनाको ३२ वर्ष पछि नेपालमै पहिलो पटक आयोजना गरेको राष्ट्रिय उपकुलपति सम्मेलनको केन्द्रिय कार्यालय धुलिखेलमा उद्घाटन पछि कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त धारणा राखेका हुन् । प्रधानमन्त्री पदेन कुलपति हुने ब्यवस्था परिवर्तन गर्दा कुनै अमुक शक्ति समुहले विश्वविद्यालयलाई पार्न सक्ने प्रभावका बारेमा सचेत रहनु पर्ने प्रधानमन्त्री दाहालले बताए । विश्व विद्यालयहरु आफ्नै श्रोत साधनबाट संचालन हुन सक्ने हुँदा नयाँ विकल्प खोज्नु पर्ने बताउँदै दाहालले पछिल्लो समय प्रदेश स्तरबाट समेत संचालन हुन थालेका विश्वविद्यालयहरुको गुणस्तर र त्यहाँबाट उपलब्ध हुने सेवा तर्फ ध्यान दिनु आवश्यक रहेको बताए । उद्यमशिलता, वातावरणमैत्री तथा लगानीमैत्री क्षेत्रमा शिक्षालाई जोडदै ब्यवसायीक, ब्यवहारिक र रोजगारमुलक शिक्षा उपलब्ध गराउनु पर्नेमा प्रधानमन्त्री दाहालको जोड छ । विश्वविद्यालयका गतिविधिहरुलाई क्षेत्रिय, राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमा पु¥याउन विश्व विद्यालय अनुदान आयोगले काम गर्नु पर्ने बताउँदै प्रधानमन्त्री दाहालले नेपालका सबै विश्वविद्यालयमा एकै किसिमको शैक्षिक क्यालेण्डर, पाठ्यक्रम र परिक्षाप्रणाली हुने विषयमा छलफल भईरहेको उनले बताए । काठमाडौ विश्वविद्यालयले शुरु गरेका शैक्षिक कार्यक्रम, नयाँ खोज र अनुसन्धान तथा प्राप्त गरेका उपलब्धीहरु नमुनायोग्य भएको प्रधानमन्त्री दाहालले बताएका छन ।

सम्मेलनको उदेश्यका बारेमा जानकारी दिदै काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले उच्च शिक्षाका मापदण्डहरुमा एकरुपता र अन्र्तराष्ट्रियकरण गर्न सम्मेलन महत्वपूर्ण हुने बताए । शिक्षाको अन्तर्राष्ट्रियकरणबाट प्राप्त अवसरको पहिचान तथा सदुपयोग गर्न राष्ट्रिय उच्च शिक्षाका प्राज्ञिक एवं नीतिगत तहबाट अन्तर्दुष्टि, विचार र सुझावहरु संकलन र आदान हुने उपकुलपति थापाले बताए । यसकै अनुभवका आधारमा २०८० फागुन ३ र ४ गते भारत लगायतका विभिन्न मुलुकका २ सय ५० वटा विश्वविद्यालयका उपलकुपतिहरुको सम्मेलन धुलिखेलमा आयोजना गरिने उपकुलपति थापाले बताए । सम्मेलनमा नेपालको उच्च शिक्षामा प्रगतिशिल सुधारका लागि प्राप्त सुझावको विश्लेषण गरी अन्तर्राष्ट्रियकरण बारे साझा धारणा निर्माण गर्न महत्वपूर्ण हुने थापाले बताए । सम्मेलनमा संस्थापक उपकुलपति प्रा.डा सुरेशराज शर्मा, शिक्षा राज्य मन्त्री प्रमिला कुमारी लगायतले सम्मेलनबाट नेपालको शिक्षा प्रणालीमा आउने दुरगामी महत्वका बारेमा धारणा राखेका थिए ।
