जिल्लाबाट रोजगारका लागि एक वर्ष ११ हजार ९ सय ४८ जना विदेशिए
– २३ जनाको शव फर्कियो, १० जना अङ्गभङ्ग
मोतीराम तिमल्सिना
काभ्रे
बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुलाई सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको प्रभावकारीता तथा नेपालमा बैदेशिक रोजगारको अवस्थाका बारेमा धुलिखेल नगरपालिकाका पदाधिकारीहरुसँग अन्र्तक्रिया गरिएको छ । नगर प्रमुख अशोक ब्याञ्जुले बैदेशिक रोजगारीमा जान खोज्ने ब्यक्तिहरुलाई सिप, भाषा तथा कानूनी विषयमा जानकारी गराउन कार्यक्रम प्रभावकारी भएको बताए ।
‘सामी कार्यक्रमले बैदेशिक रोजगारमा जान चाहनेहरुका लागि सूचना, न्याय, सिप विकास तथा परामर्शका लागि गरेका कार्य महत्वपूर्ण छन्’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘सकेसम्म बैदेशिक रोजगारमा जान नदिन स्थानीय सरकारले आय आर्जन केन्द्रित कार्यक्रम संचालन गर्ने तथा जान इच्छुक ब्यक्तिका लागि सिप र भाषा तथा सूचना र कानूनी विषयमा जानकारी गराउन नगरपालिकाले आवश्यक कार्य गरिरहेको छ । सामी कार्यक्रमले थप सहजता बनाएको छ ।’ अन्र्तक्रिया कार्यक्रममा धुलिखेल नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । सहभागिहरुले बैदेशिक रोजगारमा जान चाहनेहरुले लिएको श्रम स्विकृति, बैदेशिक रोजगारमा गएकाहरुको पारिवारीक अवस्था, सामाजिक र आर्थिक अवस्था, रोजगारबाट पठाएको रकमको सदुपयोगको अवस्था लगायतका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा सामी कार्यक्रमका ब्यवस्थापक पुरुषोतम अधिकारीले दैनिक २ हजार २ सय ब्यक्तिहरु बैदेशिक रोजगारमा गईरहेको बताए । विश्वका १० देश नेपालीहरुका लागि बैदेशिक रोजगारका लागि मुख्य गन्तब्य बनेकाले बैदेशिक रोजगारमा जानेहरुका लागि सूचनामा र न्यायमा पहुँच, सिप विकास तालिम, मनोसामाजिक परामर्श लगायतका विषयमा सामी कार्यक्रमले नेपालका विभिन्न जिल्लामा कार्यक्रम संचालन गरिरहेको ब्यवस्थापक अधिकारीले बताए । आर्थिक वर्ष २०७९÷२०८० को अन्त्यसम्ममा नेपालबाट बैदेशिक रोजगारका लागि ७ लाख ७१ हजार नागरिक गएकोमा १ हजार ३ सय १० जना मात्रै सिपमा आधारित भएर गएको तथ्याङ्कले देखाएको अधिकारीले बताए । काभ्रेपलाञ्चोक जिल्लामा धुलिखेल नगरपालिका लगायतका केहि पालिकाहरुमा उक्त कार्यक्रम लागु भएको छ । सिभिक फोरमले धुलिखेल नगरपालिकामा सामी कार्यक्रम संचालन गरिरहेको छ । प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरले जिल्लाबाट बैदेशिक रोजगारमा जान चाहनेहरुका लागि जिल्ला प्रशासन कार्यालयबाट परामर्श तथा मनोपरार्मश समेत संचालन गरिरहेको बताउँदै बैदेशिक रोजगारमा गएर अलपत्र परेकाहरुको उद्धार र ठगीमा परेकाहरुलाई कानूनी उपचारका लागि सहजीकरण गरिरहेको बताए ।
काभ्रेपलाञ्चोक जिल्लाबाट अघिल्लो आर्थिक वर्षमा ११ हजार ९ सय ४८ जना बैदेशिक रोजगारमा गएकाहरु मध्ये महिला २ हजार ९ सय ५७ जना र पुरुष ८ हजार ९ सय ९१ जना छन् । बैदेशिक रोजगारमा गएकाहरु मध्ये नेपालमा एक वर्षमा १ हजार ६२ जनाको शव फर्किएको छ भने बागमती प्रदेशमा १ सय २५ जना र काभ्रेपलाञ्चोक जिल्लाका २३ जनाले ज्यान गुमाएर शव फर्किएको छ । त्यस मध्ये काभ्रे जिल्लाका १० जना अङ्गभङ्ग भएर फर्किका छन् । नेपालमा सबै भन्दा धेरै बैदेशिक रोजगारमा जाने नागरिकहरु मधेश प्रदेशबाट छन् भने जिल्लागत रुपमा चितवनबाट धेरै छन् । बागमती प्रदेशका १ लाख १६ हजार ९ सय ६२ जना बैदेशिक रोजगारमा गएका थिए । नेपाल सरकारको तथ्याङ्कले बैदेशिक रोजगारमा जानेहरुले एक वर्षको अवधीमा १२ खर्ब २० अर्ब ५६ करोड रुपैया विप्रेषण प्राप्त भएको देखाएको छ । अघिल्लो वर्षको तुलनामा यो रकम २१.२ प्रतिशतले बृद्धी भएको हो । कुल जिडिपीमा २२.६८ प्रतिशत हिस्सा यसले मात्रै ओगटेको छ । चालु वर्षको असोज महिनामा मात्रै १ खर्ब ३६ अर्ब ९७ करोड भित्रिएको तथ्यांकले देखाएको छ । कार्यक्रममा सामी कार्यक्रम अधिकृत भागिराम थारु लगायतले सामी कार्यक्रम र बैदेशिक रोजगारका विषयमा जानकारी गराएका थिए ।
Your content goes here. Edit or remove this text inline or in the module Content settings. You can also style every aspect of this content in the module Design settings and even apply custom CSS to this text in the module Advanced settings.