नेपालमा स्वास्थ्य सेवा दिने संस्था कुन प्रदेशमा कति छन् ?
नेपालमा सामुदायिक अस्पतालको सङ्ख्या २ सय नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल हेल्थ फ्याक्ट सिट २०२३’ का आधारमा आर्थिक वर्ष २०७९÷०८० मा देशभर सामुदायिक अपतालको सङ्ख्या २ सय १५ पुगेको देखिएको हो । उक्त सात प्रदेशमा रहेका कुल अस्पतालमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५४ रहेका छन् । त्यसैगरी, कोशी प्रदेशमा ४६, कर्णालीमा २८, लुम्बिनीमा २८, गण्डकीमा २३, सुदूरपश्चिम र मधेश प्रदेशमा १८÷१८ वटा सामुदायिक अस्पताल रहेको तथ्याङ्कले देखाएको छ । सात प्रदेशमा रहेका सामुदायिक अस्पतालको संख्या देशभर तीन वर्षमा ४६९ वटा निजी अस्पताल थपिएका छन् ।
आर्थिक वर्ष २०७९÷८० मा देशभर निजी अस्पतालको सङ्ख्या २ हजार ५५१ पुगेको छ । मन्त्रालयकाअनुसार आर्थिक वर्ष २०७७÷७८ मा नेपालमा जम्मा २ हजार ८२ वटा र आर्थि वर्ष २०७८र०७९ मा २ हजार १५५ वटा निजी अस्पताल थिए । सात प्रदेशमा रहेका निजी अस्पतालको संख्या हाल प्रदेशअनुसार हेर्दा बागमतीमा १ हजार ५३६, मधेशमा २५०, लुम्बिनीमा २३४, कोशीमा २१७, गण्डकीमा १५७, सुदूरपश्चिममा ८२ र कर्णालीमा ७५ वटा निजी अस्पताल रहेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र हेर्ने हो भने कोशी प्रदेशमा ३३, मधेशमा ३२, बागमतीमा ४०, गण्डकीमा २५, लुम्बिनीमा २९, कर्णालीमा १३ र सुदूरपश्चिममा १५ रहेका छन् । नेपालमा स्वास्थ्य चौकीको सङ्ख्या बाक्लो रहेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७९÷८० सम्ममा देशभर स्वास्थ्य चौकीको सङ्ख्या ३ हजार ७७८ पुगेको छ । यी मध्ये कोशी प्रदेशमा ६३२, मधेशमा ७४०, बागमतीमा ६४३, गण्डकीमा ४८७, लुम्बिनीमा ५६८, कर्णालीमा ३३२ र सुदूरपश्चिममा ३७६ रहेका छन् । यस अवधिमा १ सयदेखि ३ सय शय्याका जनरल अस्पतालको सङ्ख्या ७९ पुगेको छ । जसमध्ये कोशीमा ११, मधेशमा १६, बागमतीमा २६, गण्डकीमा ९, लुम्बिनीमा १२, कर्णालीमा ३ र सुदूरपश्चिममा २ वटा रहेका छन् । त्यस्तै २५ देखि ५० शय्याका अस्पताल सङ्ख्या ३३३ रहेको छ । यी मध्ये कोशीमा ४१, मधेशमा ५५, बागमतीमा ७९, गण्डकीमा ६६, लुम्बिनीमा ५७, कर्णालीमा १६ र सुदूरपश्चिममा १९ रहेका छन् ।