वैशाखमा लगानी सम्मेलन गर्ने सरकारको तयारी
सरकारले लगानी सम्मेलन गर्ने भएको छ। देशमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने उद्देश्यले लगानी सम्मेलन गर्न लागिएको हो। लगामी सम्मेलन २०८१ वैशाख ९ र १० गते गर्ने तय भएको हो। अर्थमन्त्री प्रकाशशरण महतले अर्थ मन्त्रालयको नेतृव सम्हाले लगत्तै लगानी सम्मेलनको तयारी गरेका थिए।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी सम्लेन मार्फत विदेशी लगानी आकर्षित गर्न खोजेको बताए। नेपाललाई लगानीको गन्तव्यका रूपमा चिनाउन सरकारले लगानी सम्मेलन गर्ने भएको हो। २०७३ फागुन र २०७५ चैतको सफलतापछि लगानी बोर्ड नेपालले तेस्रोपल्ट लगानी सम्मेलन आयोजना गर्ने भएको हो। यतिखेर विदेशी लगानीकर्तामाझ लगानीको सुरक्षा र प्रतिफल ग्यारेन्टीमार्फत आफूप्रतिको विश्वनीयता देखाउने चुनौती सरकारसामु छ। अन्तर्राष्ट्रिय लगानीकर्तामाझ देशको सम्भावना उजागर गर्दै नेपाललाई लगानी गन्तव्यका रूपमा चिनाएर सरकारले वैदेशिक लगानी भित्र्याउन फेरि पनि लगानी सम्मेलन गरिन लागेको हो। लगानी बोर्ड नेपालको ५३औं बैठकले २०८० मै आयोजना हुन लागेको लगानी सम्मेलनको अवधारणपत्र स्वीकृति गर्नुको साथै सम्मेलन आयोजना गर्ने आवश्यक पूर्वतयारीका लागि लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिइसकेको थियो। जसअनुसार बोर्डले आवश्यक तयारी पनि थालिसकेको छ।