नयाँ नेतृत्व चयन गर्दै अनेरास्ववियु बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बागमती प्रदेशको प्रथम अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनबाट अनेरास्ववियु वागममति प्रदेशको अध्यक्षमा लाल बहादुर बुढाथोकी निर्वाचित भएका छन ।

उपाध्यक्षमा युवराज दाहाल, अच्युत उप्रती, निशा पुढाशैनी, सचिवमा प्रकाश कालाखेती, उपसचिवमा प्रशान्तजंग पाण्डे, पवन तामाङ, जिप छिरिङ शेर्पा, कोषाध्यक्षमा अमृत थापा र कार्यालय सचिवमा लक्ष्मण सिलवाल निर्वाचित भएका छन । सदस्यमा गुञ्जन बञ्जारा, दुतराज लामा, दिपक बडाल, अञ्जना नेपाल लगायतको ५१ सदस्यीय कमिटी गठन भएको छ ।