गोकुल बास्कोटालाई प्रश्नः काभ्रेमा सुरु भएका दीर्घकालिन महत्वका परियोजना रोकिएका हुन ?

नेकपा एमालेका पोलिट्व्युरो सदस्य, पुर्वमन्त्री एवं संघीय सांसद गोकुल बास्कोटाले वर्तमान सरकारले सुशासन र विकास निर्माणको क्षेत्रमा केहि गर्न नसकेको बताएका छन । मदानी बिटसँगको विशेष कुराकानीमा बास्कोटाले दर्जनौं दीर्घकालीन महत्वका आयोजना कटौती गर्ने वर्तमान सरकारबाट केही पनि आशा गर्न नसकिने बताए ।

देशले नै विकासको गति नलिएको अवस्थामा काभ्रेमा सुरु भएका विकास परियोजना सुस्त देखिनु स्वभाविक भएको उनको तर्क छ । धुलिखेल–खावा सडक निर्माणको उदाहरण दिँदै बास्कोटाले वर्तमान सरकारसँग चार किलोमिटर सडक बनाउने सम्म हुति नभएको बताए । निर्वाचन क्षेत्रीय रणनीतिक सडकको रुपमा रहेको नगरकोट– दोलालघाट सडक सरकारका कारण अलपत्र परेको उनको भनाई छ । अघिल्लोपटक ३१ करोडको लागतमा कालोपत्रेको तयारी सम्म पुगेको सडकमा १० लाख रकम राखिएको भन्दै उनले चर्को असन्तुष्टि जनाएका छन । १९ किलोमिटर सडक कालोपत्रे गर्न १० लाख रकम छुट्याइएको छ । आधा लगानी गरेर छाड्दिएपछि परियोजना थप महंगो पर्ने भन्दै बास्कोटाले सरकारले विकासमा राजनीति गरेको आरोप लगाए ।
काभ्रे जिल्लामा विकास निर्माणको जागरण शुरु गरेपनि निरन्तरता पाउन नसकेको उनको गुनासो छ । सरकारको अनावश्यक राजनीतिका कारण आम काभ्रेलीमा निराशा पैदा गरेको बास्कोटाको भनाई छ । आफ्नो अघिल्लो कार्यकालमा जति काम भएको छ त्यसबाट गर्व महसुस भएको बास्कोटाले बताए । महाभारत टे«किङ टे«ल, नगरकोट–धुलिखेल–नमोवुद्ध–तेमाल वुद्ध सर्किट, चण्डेश्वरी–गोसाईस्थान १६ सय सिँढी निर्माण, सुनकोशी तेस्रो परियोजना, सुरक्षण मुद्रण केन्द्र, मदन भण्डारी विश्वविद्यालय, सडक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रको विकास र समृद्धि काभ्रेलीको सपना रहेको उनले बताए । सुनकोशी तेस्रो परियोजना अन्तर्गत बंगलादेशसँग सम्झौता भइसकेको उनको भनाई छ । सन् २०४० सम्ममा उत्पादन सुरु गरेर वंगलादेश सम्म विद्युत पु¥याउने योजना भएपनि कोरोना महामारी पछि अर्थतन्त्रमा देखिएको असर परियोजनामा देखा परेको छ । सुनकोशी तेस्रो परियोजना सम्पन्न पश्चात यसले अर्थतन्त्र र पर्यटनमा ठुलो योगदान गर्ने उनको विश्वास छ ।
काभ्रेलाई शैक्षिक हवको रुपमा विकास गर्दै विश्वविद्यालय निर्माण कार्य अघि बढेको बास्कोटाले बताए । यद्यपी यसलाई थप अघि बढाउनका लागि कानुन समेत संशोधन नगर्ने, समिति गठन नगर्ने, गठन आदेश समेत नदिने तहमा सरकार पुगेको उनको आरोप छ । प्राकृतिक सा्रेत साधन र मानवीय स्रोत साधनको समुचित प्रयोग गर्दै विकास निर्माण कार्य अघि बढाउने योजना रहेको उनले बताए । पुर्वमन्त्री समेत रहेका बास्कोटाले पछिल्लो समय स्थानीय सरकारले पनि विकास निर्माण कार्यलाई तिव्र बनाउन नसकेको बताए । केपी ओली नेतृत्वको सरकारले आम नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्नका लागि पालिकामा निर्माण गर्ने उदेश्यका साथ शिलान्याश गरिएका पालिका अस्पताल पाँचखाल नगरपालिका, बनेपा नगरपालिका, भुम्लु गाउँपालिका, खानीखोला गाउँपालिकाले अझै निर्माण सुरु गरेका छैनन । यसले स्थानीय तह पनि काममा सुस्त गतिमा रहेको स्पष्ट हुने बास्कोटाले बताए ।
पुर्वमन्त्री समेत रहेका बास्कोटाले समृद्ध काभ्रे निर्माणको केहि आधार अघिल्लो कार्यकालमा सुरुवात भएको बताउँदै कतिपय आयोजना निरन्तर रहेको बताएका छन । पर्यापर्यटनलाई प्राथमिकतामा राखेर अयोजना अघि सारिएको चरा संरक्षण केन्द्र देखीपानी संरक्षणसम्मको योजनालाई निरन्तरता दिने उनले बताए । अहिले सरकारले अनावश्यक राजनीति गर्दा योजना कमजोर भएको उनको धारणा छ । उनले भने –‘जतिखेर हाम्रो समय आउनेछ त्यतिबेला एटम बलमे पनि नमरेको काभ्रे समृद्धिको इच्छालाई पुर्नजाग्रित गर्नेछौं । समृद्ध काभ्रेको सपनाबाट हामी पछाडी हट्न सक्दैनौं । हामी आवाज उठाइरहन्छौं ।’
आफुहरुले अघि सारेको बाहेक बाँकी नयाँ योजना अहिलेको सरकारले देख्नै नसक्ने उनको ठोकुवा छ । ‘हामी गरौंला, हामीले सपना देखेका छौं । नयाँ योजनाबारे अहिले नै धेरै बोल्नु हतार हुनेछ, पुराना योजना पुरा गर्नु राम्रो हुन्छ’–बास्कोटाले भने ।