पुर्नसंरचना पछि झनै ‘सकस’, दैलोको सरकार, दुरदराजको अनुभुती
राज्यको पुर्नसंरचना पछि नागरिकहरुलाई घर दैलोमा नै सेवा दिने सोच भए पनि विगतका गाविसहरुलाई वडाको रुपमा विकास गरी केन्द्र कायम गर्दा नागरिकहरुले सुविधा भन्दा असुविधा भोगिरहेका छन् । गाविसका ९ वटा वडाबाट प्राप्त सेवालाई खुम्च्याउँदै गाविसलाई वडा बनाउँदै एउटा मात्रै केन्द्र बनाए पछि नागरिकहरुले सुविधा भन्दा असुविधा भोग्न बाध्य भएका हुन् । जिल्लाका १३ पालिकाका १ सय ३५ वटा वडाका नागरिकहरु मध्ये केहि वडाका बाहेक अधिकांश वडाका नागरिकहरुले सेवा प्रवाहका लागि वडाका केन्द्रसम्म पुग्न अपायक भएको बताएका छन् ।
विशेषगरी गाउँपालिकाका वडाका नागरिकहरुले राज्य पुर्नसंरचनाले सुविधा भन्दा असुविधा भोगेको महसुस गरेका छन् । केहि स्थानीय तहले वडालाई फुटाएर थप गर्न खोजे पनि सम्भव भएको छैन । पनौती १ रयालेलाई दुईवटा वडा बनाउन नगर कार्यपालिका, नगर परिषद् हुँदै प्रदेशबाट संघ सरकारमा पुगे पनि निर्वाचन आयोगको सहमति नहुँदा हुन सकेन । तत्कालिन नगर प्रमुख भिम न्यौपानेले नागरिकहरुको असुविधालाई मध्यनजर गर्दै वडालाई दुईवटा बनाउने नगर परिषद्को निर्णय संघ सरकारले कार्यान्वयन नगरेको बनाए ।
पनौती नगरपालिका वडा नम्वर १ का स्थानीय रामचन्द्र सापकोटाका अनसुसार पनौतिमा धेरै मतदाता भएको वडा नै १ नम्बर हो । जसलाई दुईवटा वडा नबनाई हुदैन । बजार केन्द्र दुईवटा छ । मतदान केन्द्र पनि दुईवटा छ । साविक रयाले गाविसको १,२,७,८,९ एउटा वडा र तल्लो भेगमा रहेको साविक गाविसकै ३,४,५,६ वडालाई अर्काे वडा बनाउने गरी गरिएको प्रस्ताव कार्यान्वयन नहूँदा नागरिकहरुले सास्ति ब्यहोर्नु परेको छ । पनौती रयालेको जस्तो १३ वटै पालिकाका विभिन्न वडाका नागरिकहरुले सकस ब्यहोरिरहेका छन् । संघीयताले नागरिकहरुको घर दैलोमा सरकार भनिए पनि दुरदराज पुग्नु परेको महसुस भएको स्थानीयले बताए ।
१.गाउँपालिकाको नामः भुम्लु गाउँपालिका
समावेश भएका गा.वि.स. र न.पा. हरुः सापिङ, सिम्थली, बेखसिम्ले धर्तिगाउँ, चौवास, सल्लेभुम्लु, कोलाँती भुम्लु, फलाँटे भुम्लु, भुम्लुटार दोलालघाट र ज्याम्दीमण्डन (५,७ देखी ९) गा.वि.स.
जनसंख्याः १८,९१६ क्षेत्रफलः ९१ वर्ग कि.मि
केन्द्रः साविक सल्लेभुम्लु गा.वि.स.को कार्यालय वडा संख्याः १०
सिमानाः
पूर्वः चौरीदेउराली गा.पा. र सिन्धुपाल्चोक जिल्ला पश्चिमः पाँचखाल र मण्डनदेउपुर न.पा.
उत्तरः मण्डनदेउपुर न.पा. र सिन्धुपाल्चोक जिल्ला दक्षिणः पाँचखाल न.पा., तेमाल र चौरीदेउराली गा.पा.
२. गाउँपालिकाको नामः चौरीदेउराली गाउँपालिका
समावेश भएका गा.वि.स. र न.पा. हरुः सानोवाङथली, नाग्रगगर्चे, माझिफेदा, धुसेनीसिवालय, पोखरीचौरी, कात्तिकेदेउराली, मादनकुँडारी, विर्तादउेराली र गोठपानी गा.वि.स.
जनसंख्याः २०८९२ क्षेत्रफलः ९८ वर्ग कि.मि
केन्द्रः साविक कात्तिकेदेउराली गा.वि.स.को कार्यालय वडा संख्याः ९
सिमानाः
पूर्वः रामेछाप जिल्ला पश्चिमः भुम्लु र तेमाल गा.पा.
उत्तरः सिन्धुपाल्चोक जिल्ला दक्षिणः मकवानपुर र सिन्धुली जिल्ला
३.गाउँपालिकाकोे नामः खानीखोला गाउँपालिका
समावेश भएका गा.वि.स. र न.पा. हरुः फलामेटार, डाँडागाउँ, साल्मेचाकल, साल्धारा र मिल्चे गा.वि.स.
जनसंख्याः १४३९८ क्षेत्रफलः १३२ वर्ग कि.मि
केन्द्रः साविकको साल्मेचाकल गा..िस.को कार्यालय वडा संख्याः ७
सिमानाः
पूर्वः महाभारत गा.पा. पश्चिमः ललितपुर जिल्ला
उत्तरः बेथानचोक र रोशी गा.पाा. दक्षिणः मकवानपुर र सिन्धुली जिल्ला
४.गाउँपालिकाको नामः महाभारत गाउँपालिका
समावेश भएका गा.वि.स. र न.पा. हरुः गोकुले, फोक्सिङटार, बुढाखानी, बन्खुचौर र घर्तिछाप गा.वि.स.
जनसंख्याः १८२८३ क्षेत्रफलः १८६ वर्ग कि.मि
केन्द्रः साविक बन्खुचौर गा.वि.स.को कार्यालय वडा संख्याः ८
सिमानाः
पूर्वः सिन्धुली जिल्ला पश्चिमः खानीखोला गा.पा.
उत्तरः रोशी गा.पा. दक्षिणः सिन्धुली जिल्ला
५. नगरपालिकाको नामः नमोबुद्ध नगरपालिका
समावेश भएका गा.वि.स. र न.पा. हरुः दाप्चा काशिखण्ड न.पा., कानपुर कालापाी र श्यामपाटी सिमलचौर गा.वि.स.
जनसंख्याः २९,५१९ क्षेत्रफलः १०२ वर्ग कि.मि
केन्द्रः साविकको दाप्चा काशिखण्ड नगरपलिकाको कार्यालय वडा संख्याः ११
सिमानाः
पूर्वः तेमाल गा.पा. पश्चिमः धुलिखेल र पनौती न.पा.
उत्तरः पाँचखाल न.पा. र धुलिखेल न.पा. दक्षिणः रोशी र बेथानचोक गा.पा.
६. गाउँपालिकाको नामः तेमाल गाउँपालिका
समावेश भएका गा.वि.स. र न.पा. हरुः सस्र्युखर्क, सरमथली, बोल्देफेदिचे, पाखरी नारायणस्थान, ठूलोपर्सेल, कुरुवास चापाखोरी र मेच्छे गा.वि.स.
जनसंख्याः२२७१२ क्षेत्रफलः८९ वर्ग कि.मि
केन्द्रः साविक पोखरीनारायणस्थान गा.वि.स.को कार्यालय वडा संख्याः ९
सिमानाः
पूर्वः चौरी दृउराली गा.पा. र रामेछाप जिल्ला पश्चिमः भुम्लु र तेमाल गा.पा.
उत्तरः भुम्लु गा.पा. र पाँचखाल न.पा. दक्षिणः रोशी गा.पा. र सिन्धुली जिल्ला
७.गाउँपालिकाको नामः मण्डनदेउपुर न.पा.
समावेश भएका गा.वि.स. र न.पा. हरुः बालुवापटी देउपुर, गौरीविर्साैना देउपुर, नयाँगाउँ देउपुर, महादेबस्थान मण्डन, चण्डेनी मण्डन, जैसीथोक मण्डन र ज्याम्दीमण्डन( १ देखी ४ र ६) गा.वि.स.
जनसंख्याः ३२६५९ क्षेत्रफलः ८९ वर्ग कि.मि
केन्द्रः साविक महादेबस्थान मण्डन गा.वि.स.को कार्यालय वडा संख्याः १२
सिमानाः
पूर्वः सिन्धुपाल्चोक जिल्ला पश्चिमः भक्तपुर काठमाडौं जिल्ला
उत्तरः सिन्धुपाल्चोक जिल्ला दक्षिणः बनेपा, पाँचखाल न.पा. र भुम्लु गा.पा.
८. नगरपालिकाको नामः पाँचखाल नगरपालिका
समावेश भएका गा.वि.स. र न.पा. हरुः पाँचखाल न.पा., कोशीदेखा र खरेलथोक गा.वि.स.
जनसंख्याः ३७९९७ , क्षेत्रफलः १०३ वर्ग कि.मि
केन्द्रः साविकको पनौति नगरापलिकाको कार्यालय वडा संख्याः १३
सिमानाः
पूर्वः भुम्लुु गा.पा. पश्चिमः धुलिखेल र बनेपा न.पा.
उत्तरः मण्डनदेउपुर न.पा. र भुम्लु गा.पा. दक्षिणः तेमाल गा.पा., नमोबुद्ध न.पा. र धुलिखेल ना.पा.
९.नगरपालिकाको नामः धुलिखेल नगरपालिका
समाबेश भएका साविक गा.वि.स. तथा न.पा. हरुः धुलिखेल न.पा., पात्लेखेत, शंखुपाटीचौर (१–३, ५–९), शारदा बतासे (१,२,५–८), रविओपी १–५ र देविटार (१–३, ६–९ ) गा.वि.स.
जनसंख्याः ३२१६२ क्षेत्रफलः ५५ वर्ग कि.मि
केन्द्रः साविक साविक धुलिखेल न.पा. कार्यालय, वडा संख्याः १२
सिमानाः
पूर्वः पाँचखाल र नमोबुद्ध न.पा पश्चिमः बनेपा र पनौती न.पा.
उत्तरः पाँचखाल र बनेपा न.पा. दक्षिणः नमोबुद्ध र पनौती न.पा.
१०.नगरपालिकाको नामः बनेपा नगरपालिका
समावेश भएका गा.वि.स. र न.पा. हरुः बनेपा न.पा., टुकुचानाला, उग्रचण्डी नाला, रविओपी ( ६ देखि ९) देविटार ४ र ५, नासिकास्थान साँगा, उग्रतारा जनागल र महेन्द्रज्योति गा.वि.स.
जनसंख्याः ५५६२८ , क्षेत्रफलः ५५ वर्ग कि.मि
केन्द्रःसाविकको बनेपा नगरापलिकाको कार्यालय वडा संख्याः १४
सिमानाः
पूर्वः धुलिखेल र पाँचखाल न.पा. पश्चिमः भक्तपुर जिल्ला
उत्तरः मण्डनदेउपुर न.पा. र भक्तपुर जिल्ला दक्षिणः पनौति न.पा.
११. नगरपालिकाको नामः पनौति नगरपालिका
समावेश भएका गा.वि.स. र न.पा. हरुः पनौति न.पा. कुशादेबी, र्याले विहावर, कलाँति भुमिडाँडा, बल्थली, शारदा बतासे (३,४, ९) र शंखुपाटीचौर ४ गा.वि.स.
जनसंख्याः ४६,५९५ क्षेत्रफलः ११८ वर्ग कि.मि
केन्द्रः साविकको पनौति नगरपालिकाको कार्यालय वडा संख्याः १२
सिमानाः
पूर्वः धुलिखेल न.पा. पश्चिमः ललितपुर जिल्ला
उत्तरः बनेपा न.पा. र भक्तपुर जिल्ला दक्षिणः बेथानचोक गा.पा. र ललितपुर जिल्ला
१२.गाउँपालिकाको नामः रोशी गाउँपालिका
समावेश भएका गा.वि.स. र न.पा. हरुः खहरेपाँगु, शिखरअम्बोट, महादेवटार, सिसाखानी, सिपाली चिलाउने, कटुन्जेबशी, खार्पाचोक, मंगलटार, वाल्टिङ्ग र भिमखोरी गा.वि.स.
जनसंख्याः २८,७४६ क्षेत्रफलः १७६ वर्ग कि.मि
केन्द्रः साविक कटुन्जेबेशी गा.वि.स.को कार्यालय वडा संख्याः १२
सिमानाः
पूर्वः तेमाल गा.पा. सिन्धुली जिल्ला पश्चिमः बेथानचोक गा.पा.
उत्तरः तेमाल गा.पा. र नमोबुद्ध न.पा. दक्षिणः खानीखोला र महाभारत गा.पा.
१३. गाउँपालिकाको नामः बेथानचोक गाउँपालिका
समावेश भएका गा.वि.स. र न.पा. हरुः च्याम्राङ्गबेशी, ढुंखर्क, चलालगणेशस्थान, च्यासिङ्गखर्क र महांकालचौर गा.वि.स.
जनसंख्याः १६७७७ क्षेत्रफलः १०१ वर्ग कि.मि
केन्द्रः साविक ढुंखर्क गा.वि.स.को कार्यालय वडा संख्याः ६
सिमानाः
पूर्वः रोशी गा.पा. पश्चिमः भुम्लु र तेमाल गा.पा.
उत्तरः पनौती र नमोबुद्ध न.पा. दक्षिणः खानीखोला गा.पा.