चिसोले रुकुम पश्चिममा ३ जना भूकम्पपीडितको मृत्यु
दिनदिनै बढिरहेको चिसोका कारण रुकुम पश्चिमका भूकम्पपीडितको दैनिकी निकै कष्टकर बनेको छ । भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनी बसिरहेका नागरिक चिसोका कारण ज्यान गुमाउन बाध्य छन् ।
चिसोका कारण रुकुम पश्चिममा थप तीन जना भूकम्पपीडितको ज्यान गएको छ । आठविसकोट नगरपालिका–१४ पिपलचौरका ६२ वर्षीय खगीजैसी, ६४ वर्षीय टिके जैसी र सोही नगरपालिका–११ डाँडागाउँका ७५ वर्षीय नौले पुनमगरको मृत्यु भएको हो ।
भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनी बसिरहेका सामान्य अवस्थाकी खगीको मंगलबार साँझ ५ बजेतिर ज्यान गएको हो भने दमका रोगी टिकेको आइतबार राति साढे ९ बजेतिर मृत्यु थियो । यस्तै पेट र दमका बिरामी मगरको सोमबार राति ९ बजेतिर ज्यान गएको हो । भूकम्पपछि उनी पनि परिवारसँगै पालमुनी बसिरहेका थिए ।
दिनदिनै बढिरहेको चिसोका कारण यतिबेला भूकम्पपीडित नागरिकको दैनिकी निकै कष्टकर भइरहेको छ । आठविसकोट–१४ स्थित घेत्मा स्वास्थ्यचौकी प्रमुख देवबहादुर चन्दले चिसोका कारण बिरामी भएर स्वास्थ्य संस्था आउने सर्वसाधारणको संख्या दिनानुदिन बढिरहेको बताए । ुमहिला, बालबालिका, ज्येष्ठ नागरिकमा विभिन्न समस्या देखा परिरहेको उनको भनाई छ ।