कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) सहभागी हुन आज संयुक्त अरब इमिरेट्स (यूएईं) जाँदै छन । प्रधानमन्त्री प्रचण्डसहित नेपाली प्रतिनिधिमण्डल आज राति १० बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
यूएईमा मंसिर १४ गतेदेखि २६ गतेसम्म सम्मेलनको आयोजना हुँदैछ । प्रधानमन्त्री दाहालले मंसीर १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गनर््ेछन । । प्रधानमन्त्री दाहाल मंसिर १७ गते स्वदेश फर्किने तालिका रहेको छ । भ्रमण टोलीमा एक सय जनाभन्दा बढी नेपाली प्रतिनिधि रहने छन् ।
कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित देशहरुको तर्फबाट नेपालले अध्यक्षतासहित प्रतिनिधित्व गर्दैछ । कोप–२८ मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।