सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार

वुधबार एकै दिन तोलामा १ हजार ६ सय रुपैयाँ बढ्दा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सुनको कारोबार मूल्य प्रति तोला १ लाख १९ हजार ३ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रति तोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबारका तुलनामा मंगलबार ३ सय रुपैयाँ बढेको थियो । चार दिनमा सुन तोलामा २ हजार ४ सय रुपैयाँ बढिसकेको छ । साताको पहिलो दिनका तुलनामा सोमबार ५ सय मात्रै बढेको थियो । लगातार बढेको भाउले गत सातादेखि घट्ने संकेत गरेको छैन । गत साताको प्रारम्भमा प्रति तोला १ लाख १५ हजार ७ सय थियो ।

चाँदी पनि बढेर तोलाको १५ सय २० रुपैयाँ पुगेको छ । सोमबार र मंगलबार प्रति तोला १५ सय रुपैयाँमा स्थिर थियो । बुधबारको मूल्य गत आइतबारका तुलनामा ३५ रुपैयाँको बढोत्तरी हो। गत साताको सुरुमा चाँदी तोलाको १४ सय ५० रुपैयाँले कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमै लगातार बलियो भएको सुनको भाउले घट्ने लक्षण देखाएको छैन ।