‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’ तयारीका लागि एमाले काभ्रेको विस्तारित बैठक

‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ तयारीका लागि नेकपा एमाले काभ्रेको विस्तारित बैठक सुरु भएको थियो । पार्टी कार्यालय बनेपामा जारी बैठकमा नेकपा एमालेका पोलिट्व्युरो सदस्य गोकुल बास्कोटा, केन्द्रिय सदस्य कृष्ण राई, पुर्व केन्द्रिय सदस्य, प्रदेश कमिटीका पदाधिकारी एवं सदस्य, जिल्ला कमिटी, नगर तथा गाउँ कमिटीका पदाधिकारी लगायतको उस्थिती रहेको छ । बैठकमा जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले छलफलका एजेण्डा प्रस्तुत गरेका छन ।

नेकपा एमालेले आजबाट सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई काभ्रेमा सभ्य र भव्य कसरी बनाउन सकिन्छ भन्ने बारेमा बैठकमा छलफल भइरहेको छ । ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत मंसिर २४ गते काभ्रेको मण्डनदेउपुरमा भव्य कार्यक्रमको आयोजना गरिएको छ । उक्त टोली धुलिखेलमा बास बस्ने व्यवस्था मिलाइएको छ । भोलिपल्ट टोली रामेछापको मन्थली प्रस्थान गर्ने कार्यक्रम छ । नेकपा एमाले काभ्रेको जारी बैठकमा नेताहरुले आ–आफ्नो धारणा राखिरहेका छन ।

