वर्तमान सन्दर्भमा नेपालको शिक्षा प्रणालीमा सुधार
सन्दीप के.सी.
शिक्षाशास्त्र संकाय प्रमुख
सञ्जीवनी कलेज, धुलिखेल
शिक्षालाई मानविय विकाशको सूचक मात्र हैन समग्र विकाशको आधारको रुपमा समेत लिने गरिन्छ । संसारका प्रायस् मुलुकमा यसलाई नैसर्गिक अधिकारको रुपमा समेत व्याख्या गरेको पाईन्छ । त्यसैगरी यसलाई विकाशको आधार तयार गर्ने औजारको रुपमा पनि विश्लेषण गरेको देख्न सकिन्छ । सन् १९४८को संयुक्त राष्ट्र संघिय मानव अधिकारको घोषणा संगै शिक्षालाई न्युनतम अधिकारको रुपमा लिएको देखिन्छ । पुर्विय शिक्षा प्रणालीमा धार्मिक शिक्षा प्रणालीबाट विकसीत हुँदै नेपालको आधुनिक शिक्षा बि.सं.१९१०मा जंगबहादुरले बेलायतबाट फर्केपछि सुरुवात गरेको इतिहास रहेको छ । २००७ साल सम्म नेपालमा १ कलेज र ३२२ प्राथमिक तथा ११वटा माध्यामिक बिद्ध्यालयहरु रहेको तथ्याँक पाउन सकिन्छ ।
“अब गहन अध्ययन गर्नु जरुरी छ कि हाम्रो शिक्षा प्रणालीमा कहाँ र कस्ता कमजोरीहरु छन् रु जसले युवा शिक्षित नागरिकहरुलाई नागरिकता तथा शैक्षिक प्रमाणपत्र संगै पासपोर्ट बनाउन र भिसा लिन किन उत्प्रेरीत गरिरहेको छ ?”
परिवर्तित समय संगै भएका राजनैतिक परिवर्तनहरु तथा समाज विकाशको क्रममा शिक्षामा आएको परिवर्तनलाई सकारात्मक रुपमा लिनु पर्दछ । यसको लागि बिभिन्न समयमा गठित शिक्षा आयोग तथा सुधार समिती आदिका योगदानलाई कम आँकलन गर्नु हुँदैन । संघिय लोकतान्त्रीक गणतन्त्र सम्म आइपुग्दा नेपालले कुल बजेटको झण्डै १७ प्रतिशत लगानी शिक्षा क्षेत्रमा गर्ने गरेको देखिन्छ । निजी क्षेत्रको लगानी पनि यो भन्दा कयौं गुणा बढि रहेको छर्लङ्ग देख्न सकिन्छ । अप्रत्यक्ष लगानीको पाटो अझ विश्लेषण गर्न बाँकी नै छ । अर्को तर्फ अध्ययनकै लागि र उच्च शिक्षा अध्ययनको बाहनामा बिदेशीने बिध्यार्थीहरुको जमात दिनप्रतिदिन बढ्दै गएको तथ्य कसैसामु लुकेको छैन । अब गहन अध्ययन गर्नु जरुरी छ कि हाम्रो शिक्षा प्रणालीमा कहाँ र कस्ता कमजोरीहरु छन् जसले युवा शिक्षित नागरिकहरुलाई नागरिकता तथा शैक्षिक प्रमाणपत्र संगै पासपोर्ट र भिसा लिन किन उत्प्रेरीत गरिरहेको छ ?
बि.सं. २०४९ मा गठित राष्ट्रिय शिक्षा आयोगले बि.सं.२०५० देखि १० कक्षा सम्मको माध्यामिक शिक्षा प्रणालीलाई प्रतिस्थापित गरेर १२ कक्षा सम्मको उच्च माध्यामिक शिक्षा प्रणाली लागू गरेको छ । हरेक पल मानविय इच्छा र आकाँक्षाहरु परिवर्तन भैरहेको छ । विश्व ग्लोवल भिलेजको रुपमा साँघुरो हुँदै गएको छ । समाजमा बिदेशमा छोरा-छोरी पठाउनु र मेरा बच्चाहरु बिदेशमा अध्ययन गर्छन भन्नुलाई गर्वको बिषय बनाईँदै छ । यसले देशका उर्जाशिल सचेत नागरिक बिदेश जाँदा लाग्ने खर्चको रुपमा रकम बिदेशीनु अनि ति नागरिकको अभावमा देश विकाशमा आउने अवरोधबाट कुन अवश्था सिर्जनाहुन सक्छ ? त्यो भविश्यले बताउला तर चिन्तन गर्न ढिला भएको त हैन ? हाम्रा विश्व विध्यालयहरुमा अध्ययन गर्ने बिध्यार्थीको सँख्यामा कमि आईरहनुको जड कारणहरु के के हुन सक्छन रु के हामिले उनिहरुको चाहना समेट्न नसकेकै हो त रु वा हाम्रा भावीपुस्तालाई हामी देशमा रहने वातावरण तयार गर्न कमजोर भएकै हौँ त रु समयको परिवर्तन सँगै हामिले दिएको शिक्षा बिदेशमा फिट हुने तर हाम्रोमा फिट नहुने नै भएको हो त रु अब के पढ्न कै लागि बिदेशी विश्व विध्यालय धाउनु बाध्यता हो वा रहर मात्र हो ? यसको बारेमा गहन अध्ययन संगै आवश्यक परिवर्तनका कृयाकलापहरु सुरु गर्नु पर्दछ । प्राविधिक शिक्षा होस वा साधारण शिक्षा तल्लो तहको होस् वा उच्च शिक्षा सबैको समसामयिक सुधार गर्दै अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी शिक्षा विकाश गरेर अन्य देशका बिध्यार्थीहरुलाई समेत अध्ययनको लागि स्वागत गर्ने वातावरण बनाउनु आवश्यक छ । बेलाबेलामा हुने शैक्षिक हड्ताल तथा राजनैतिक दलका बिध्यार्थी संघ संगठनहरुको तालाबन्दी मात्र हैन शिक्षकको लगनशिलता तथा शिक्षकका आन्दोलनहरु सुधार गरेमा मात्र पनि शिक्षा सुधारमा थुप्रै परिवर्तन हुने आसा गर्न सकिन्छ । भौतिक पुर्वाधारमा थप लगानी तथा प्राज्ञिक तालिम तथा कृयाकलापहरु अर्को सुधार हुनुपर्ने महत्वपुर्ण पाटो हो । निर्धारित तालिका र समयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न सकेमा मात्र पनि नेपालको शिक्षा प्रणालीमा ब्यापक सुधार हुने देखिन्छ । समयको आवश्यक्ता र अन्तराष्ट्रिय स्तरको पाठ्यक्रम लागू गर्न सकेमा सन्तान बिदेशिने हालको शिक्षा प्रणालीमा सुधार गर्न सकिन्छ ।
(लेखक विगत १७ वर्ष देखि प्राध्यापन पेशामा सलग्न हुनु हुन्छ ।)