बैदेशिक रोजगारीमा ठगी

उजुरीको तीन वर्षसम्म भएन कारवाही

लक्ष्मण तिमल्सिना
बनेपा
बैदेशिक रोजगार विभागमा कसुरदार पक्राउ गरी अनुसन्धान सहित कारवाहीको माग गरिएको निवेदन उपर तीन वर्षसम्म कारवाही हुन सकेको छैन । २०७७ चैत्र २४ गते काभ्रे लगायतका विभिन्न जिल्लाका युवाहरुले आफुहरु बैदेशिक रोजगारीका नममा ठगिएको ब्यहोराको प्रमाण सहितको उजुरी गरेका थिए । तृुल्सीरामको ठगी धन्दाबाट सयौ युवाहरु ठगिएका छन् । अहिले तुल्सीराम फरार छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा ठगी गर्ने ब्यक्ति उपर पक्राउ गर्न माग गर्दै निवेदन समेत दर्ता भएको थियो । बैदेशिक रोजगार विभागले समेत प्रहरीलाई पत्र लेख्दै अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नम्वर ६ घर भई काठमाडौमा डेरा गरी बस्ने तुल्सीराम भुषाललाई पक्राउका लागि अनुरोध गरेको थियो । विभागको पत्रका बारेमा समेत प्रहरीले ब्यक्ति फेला नपरेको जानकारी पठाएको भए पनि थप खोजविन र अनुसन्धान भने नभएको पीडित प्रज्जवल तामाङले बताए । तुल्सीरामले ९ जना युवाहरुबाट ६ लाख ५२ हजार ठगी गरेका थिए भने अन्य सयौ युवाहरुबाट रकम असुल्दै फरार भएका थिए ।
२०७८ साल भदौ १६ गते महानगरीय प्रहरी परिसर टेकु काठमाडौमा कार्यालयमा अर्काे जाहेरी पनि दर्ता भएको छ । नक्कली विज्ञापन प्रकाशन गरी दुबई स्थित कम्पनीमा रोजगारमा जानका लागि धमाधम वर्किङ्ग भिसा प्रकृया भई रहेको भन्दै युवाहरुलाई सम्र्पकमा ल्याएका थिए । सम्पर्कमा आएका युवाहरुलाई रोजगारमा जानेलाई सहजीकरण गरी दिए बापत लाग्ने शुल्क मात्रै लिने उदेश्य भन्दै एक जना बापत ८० हजार लिने प्रस्ताव गरेका थिए । ८० हजार दिने युवाहरुलाई मात्रै विदेश पठाउने प्रकृयाश शुरु हुने भन्दै तुल्सीरामले कामका बारेमा ब्याख्या गरेका थिए । दैनिक ८ घण्टा काम, साताको ६ दिन खान र बस्न दिएर मासिक ६० हजार तलब पाउने लोभमा युवाहरुले तुल्सीरामले भने जस्तै रकम जम्मा गरेर बुझाए । रकम जम्मा गरेर भिसा ल्याउन सकेन र अलपत्र पारें भने रकम फिर्ता गरी कानूनी कारवाही भोग्छु भन्दै पनौती ९ का युद्धप्रसाद दाहाल, कविन्द्र थोकर, खड्गबहादुर थोकर, कृष्णबहादुर सिंतान, रामबहादुर थोकर, अनिल थोकर, कान्छालाल भोलोन, रेशमलाल सिंथान, अम्बर थोकर र शान्तबहादुर वाईवा समेतलाई प्रलोभनमा पारेर राहदानी लगेका थिए । सबै युवाहरुले ग्लोबल आईएमई बैक मार्फत उसको खातामा रकम जम्मा गरिदिएका थिए ।

 

रकम जम्मा गरेसँगै भिसा आयो भन्दै मेडिकल गर्न काठमाडौ कुलेश्वर पोलिक्लिनिकमा मेडिकल गराउँदै प्लने टिकट कटान र श्रम गर्न समेत रकम मागेर लिएका थिए तुल्सीरामले । सामाजिक सञ्जाल मार्फत सूचना प्रकाशन गरी युवाहरुलाई बैदेशिक रोजगार लगायतका क्षेत्रको आर्कषक ठाउँमा लग्ने भन्दै ठग्ने ब्यक्तिहरु बढिरहेका छन् । फेसबुकमा आएको सूचनालाई विश्वास गरी नवीनकुमार बस्नेत र सुशील ढकाल (शर्मा) ले दुबईको लागि ‘अर्जेन्ट भ्याकेन्सि’ भनेर आकर्षक तलब सहितको सूचना शेयर गरेका थिए । त्यस लगत्तै काभ्रे जिल्ला स्थित पनौती नगरपालिका वडा नं. ९ घर भएका खड्ग बहादुर थोकरले फेसबुकमा आकर्षक सुचना शेयर गरेका बस्नेतसँग सम्पर्क गरेर आफु युएई जान इच्छुक रहेको बताएका थिए ।

पनौती ९ का युद्धप्रसाद दाहाल, कविन्द्र थोकर, खड्गबहादुर थोकर, कृष्णबहादुर सिंतान, रामबहादुर थोकर, अनिल थोकर, कान्छालाल भोलोन, रेशमलाल सिंथान, अम्बर थोकर र शान्तबहादुर वाईवा समेतले प्रति ब्यक्ति बैदेशिक रोजगारमा जान भन्दै ८० हजारका दरले तुल्सीराम भुषाललाई ग्लोबल आईएमई बैक मार्फत खातामा रकम जम्मा गरिदिएका थिए ।

संवादको क्रममा बस्नेत र ढकालले आफु दुबईको ठुलो कम्पनीको म्यानेजर रहेको र जति जना युवाहरू भएपनि आफुहरुले सस्तो मुल्यमा भिषा पठाउने भने पछि थोकरसँगै अनिल थोकर, कान्छालाल ब्लोन, कबिन्द्र थोकर, दिनेस सिङतान, युद्ध बहादुर दाहाल, कृष्ण सिङतान, अम्बर थोकर, राम बहादुर थोकर, शान्त बहादुर थोकर लगायत दर्जनौं युवाहरू पनि रोजगारीको लागि युएई जान तयार भएका थिए । बस्नेत र ढकालले ती युवाहरूलाई कम्पनीको अफर लेटर पठाए पछि युवाहरूले विश्वास मानेर ती एजेन्टहरुका सम्पर्क व्यक्ति तुल्सीराम भुसालको खातामा प्रति व्यक्ति ८० हजारको दरले रकम हालेको बयान दिएका छन् ।

 

 

पैसा हालेको हप्तौं हुदा समेत कुनै जानकारी नआएपछि पीडित युवाहरू आतिएका थिए । पछि हुनेहरुले विभिन्न माध्यमबाट फेसबुकमा हालेको ‘डिमान्डदेखि कम्पनीको अफर लेटर’सम्म नक्कली रहेको जानकारी प्राप्त भएपछि प्रहरीको सम्पर्कमा पुगेका थिए । भुसाल, बस्नेत र ढकालले त्यसरी नै नक्कली ‘डिमान्ड र नक्कली अफर लेटर’ बनाएर भक्तपुर, चितवन लगायतका सयौ युवाहरुसँग लाखौं रकम ठगि गरी फरार भएको सूचना पाए । फरक–फरक मोबाइलको प्रयोग गर्दै आएका ती व्यक्तिहरुलाई कहिले काँही फोन लाग्दा पैसा आफुले नदिने, सकेको गर्नु भन्दै उल्टै धम्कि दिने गरेको पीडितले बताए । यता प्रहरी भने ठगी गर्नेहरु सम्पर्कमा नभएको र बेपत्ता भएको तर प्रहरीले खोजी गरिरहेको जानकारी दिदै आएको छ ।