विपी राजमार्गमा बोलेरोले ३ वटा मोटरसाइकलाई ठक्कर दिँदा ६ जना घाइते

काभ्रेको नमोवुद्ध नगरपालिका–७ चौकी डाँडा स्थित विपी राजमार्गमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते भएका छन । विहिबार दिउसो २ः४० मा काठमाण्डौबाट पुर्वतर्फ जाँदै गरेको बोलेरो गाडिले विपरित दिबाबाट आउँदै गरेका तीन वटा मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पुर्व तर्फ जाँदै गरेको प्र. २ –०२–००१ च ०८२८ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडिले बिपरित दिशाबाट आउदै गरेको बा ६५ प १४०९, बा ८७ प ६९३६ र बा.प्र.०२–०४५ प ५४३० नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो ।

मोटरसाइकलमा सवार ६ जनालाई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको छ । सबै सवारी साधन र बोलेरो चालक प्रहरी चौकी कटुन्जेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा सिन्पाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–३ बस्ने बर्ष २१ की नविना न्यौपाने, सिन्धुलीको ग्याङलेक गाउँपालिका–४ बस्ने २५ वर्षीय रामलाल मोक्तान, बर्ष २४ का सुशिल स्याङतान, धादिङ जिल्ला घर बताउने २० वर्षीय ममिता गुरुङ घाइते भएका छन । यस्तै सिन्धुली ग्याङलेक गाउँपालिका–४ बस्ने २६ वर्षका धन कुमार स्याङतान र काठमाण्डौ काडाघारी बस्ने बर्ष २५ का भुपेन्द्र दाहाल घाइते भएका प्रहरीले जनाएको छ ।