पाँचखालमा ‘हिमालय भेट’

कुखुरापालक कृषकहरुका लागि सहज

बनेपा/ काभ्रेपलाञ्चोक जिल्लाको ब्यापारिक शहर बनेपा र पनौती पछि हिमालय भेटेरिनरी क्लिनिक एण्ड ल्यावले पाँचखालबाट सेवा शुभारम्भ गरेको छ । विहिबार देखि कुखुरापालक कृषकहरुका लागि सहज रुपमा सेवा प्रदान गर्ने उदेश्यले हिमालय भेटको शुभारम्भ गरिएको डा. हरिकृष्ण थापाले बताए ।
अनुभवी पशु चिकित्सक तथा प्राविधिक उपचार सेवा, पशुपन्क्षिहरुका लागि गुणस्तरीय औषधी तथा भ्याक्सिन सेवा, उन्नत जातका ब्रोईलर, गिरिराजा, लेयर्स चल्ला तथा दानाको उपलब्ध, अनुभवी चिकित्सद्वारा निशुल्क पोस्टमार्टम सेवा उपलब्ध गराईएको छ । पाँचखाल, मण्डनदेउपुर, चौरीदेउराली, भुम्लु तथा छिमेकी जिल्ला सिन्धुपाल्चोक र दोलखासम्मका कृषकहरुका लागि सहज सेवा उपलब्ध गराउने उदेश्यले पाँचखाल तामाघाट श्रीकृष्ण डेरीसँगै हिमालय भेटको शुभारम्भ गरिएको हो । उक्त भेटमा नियमित रुपमा डा.मिलन महत लगायत रहनेछन् भने आवश्यकताका आधारमा अन्य चिकित्सहरुको पनि सेवा उपलब्ध हुनेछ ।
कुखुरापालक कृषकहरुका लागि कुखुरामा देखिने विभिन्न खालका रोगहरुको पहिचान, परिक्षण तथा उपचार सेवाका लागि सोहि क्षेत्रबाट बनेपा आउनु पर्ने बाध्यता कृषकहरुका लागि अन्त्य गर्न पाँचखालमा सेवा विस्तार गरिएको डा. हरिकृष्ण थापाले बताए । पछिल्लो समय पाँचखाल र आसपासको क्षेत्र कुखुरापालक कृषकहरुका लागि हब बन्दै गए पनि चिकित्सकीय सेवा प्राप्त गर्न सहज थिए । हिमालय भेटको शुभारम्भले कुखुरापालक कृषकहरुलाई सहज भएको ब्यवसायी तथा स्थानीय समाजसेवी रविन्द्र सिपखानले बताए ।