१९ दिने अभियानको ११ औ दिनमा मण्डनदेउपुरमा विशाल सभा गर्दै एमाले काभ्रे

नेकपा एमालेले विहिबारबाट शुरु गरेको १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको ११ औ दिन अथार्त मसिंर २४ गते काभ्रे आउने टोलीलाई स्वागत गर्न एमाले काभ्रेले विस्तारित भेला मार्फत विशेष तयारी गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली सहितको अभियानको टोलीलाई धुलिखेलमा बास राखेसँगै जिल्लाको मण्डनदेउपुर नगरपालिका स्थित मध्यपहाडी लोकमार्ग नजिकै विशेष जनसभा गर्ने एमाले काभ्रेले निर्णय गरेको अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिए । ‘अभियानमा सहभागि हुने २ सय जनालाई धुलिखेलमा बास राखिनेछ’–एमाले अध्यक्ष अशोक ब्याञ्जुले भने–‘धुलिखेलबाट विशेष स्वागतका साथ पाँचखाल हुँदै मण्डनदेउपुर नगरपालिका पु¥याईनेछ । जहाँ एमालेले १५ हजार भन्दा धेरै जनताहरुको सहभागितामा जनसभा गर्नेछ ।’

विस्तारित भेलालाई एमाले पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाले सम्बोधन गर्दै जनसभा भब्य बनाउन पार्टीका सबै जनवर्गिय संगठन र कमिटीहरु परिचालन गर्न निर्देशन दिए । ‘पार्टी संगठन जागरुक बनाउन, संगठन सुदृढीकरण गर्न अभियान महत्वपूर्ण छ’–पोलिटब्युरो सदस्य बास्कोटाले भने–‘सम्वन्ध स्थानीय, सन्दर्भ राष्ट्रिय भन्ने अभियानको मर्मलाई सार्थक बनाउन सबै कमिटीहरु र नेता कार्यकर्ता परिचालन गरिनेछ ।’

एमालेको विस्तारित भेलाले सांसदहरुका लागि ३ महिनाको तलब, नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरुलाई दुई महिना र एक महिनाको तलब अभियानका लागि उपलब्ध गराउने निर्णय गरेको छ । स्वागतद्वार, मञ्च तथा अन्य प्राविधिक तयारीका लागि विशेष तयारी गरिएको एमाले काभ्रेका सचिव राजन भुर्तेलले जानकारी दिए ।

जनसभाका लागि एमाले काभ्रेले मातहतका कमिटीहरुलाई विशेष जिम्मेवारी सहितको तयारी गर्न निर्देशन दिएको छ । मण्डनदेउपुर नगर कमिटीले सोहि सभाका लागि शुक्रबार विशेष भेला सहितको तयारी बैठक बोलाएको अध्यक्ष शेरबहादुर डोटेलले जानकारी दिए । बैतडीको झुलाघाटमा झण्डोत्लोन गरेर अभियानको शुरुवात एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन् । झुलाघाट चिवाभञ्ज्याङ्ग समृद्धीका लागि सकल्प यात्राले सुखी नेपालीको परिकल्पना पुरा हुने बताए ।