केपी ओली कपको उपाधिका लागि आर्मी र मधेस भिड्दै

केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज शुक्रवार त्रिभुवन आर्मी क्लब र मधेस प्रदेश खेल्दैछन् । खेल दिउँसो साढे १२ बजे पोखरा रङ्गशालामा शुरु हुनेछ ।
हिजो बिहीवार भएको पहिलो सेमिफाइनल खेलमा बाग्मती प्रदेशलाई ४ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो । यस्तै दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ११ रनले हराउँदै मधेस फाइनलमा पुगेको हो ।
प्रतियोगिताको उपाधि विजेताले पाँच लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै ुम्यान अफ द सिरिजु ले ३० हजार, बेस्ट ब्याटर र बलरले समान २० हजार रुपैयाँ पाउने छन् ।