चैतन्य बहुमुखी क्याम्पस ३२ वर्षमा प्रवेश
बनेपा । चैतन्य बहुमुखी क्याम्पसको ३२ औ वार्षिकोउत्सब वागमती प्रदेश सभा सदस्य तथा पुर्व राज्य मन्त्री कन्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी बादेले जिल्लामा पहिलो पटक कानुन र शिक्षा विषयको उच्च शिक्षा प्रदान गर्दै आएको चैतन्य क्याम्पसले दक्ष जनशक्ति उत्पादन गरी समाजमा उल्लेख्य योगदान पु¥याएको बताए । क्याम्पसले शिक्षा क्षेत्रमा पु¥याएको योगदानका कदर गर्दै बादेले आगामी दिनमा प्राविधिक विषयहरु थप गरी शिक्षा प्रदान गर्नु पर्ने र बाहिरन लागेका विद्यार्थीहरुलाई नेपालमै रोक्न नयाँ ऐन कानुन बनाउनु पर्ने बादेले बताए । कार्यक्रमका विशेष अतिथी तथा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले विद्यार्थीहरुलाई ब्याचलर तह सकाएर तथा भाषा सिकेर मात्रै बाहिर अध्ययन गर्न जान सुझाब दिए । नगरपालिकाले विभिन्न तालिमहरु प्रदान गर्न लागेको उक्त तालिममा सहभागि भई सिप सिकेर मात्र जानु पर्ने नत्र विद्यार्थीहरु भाषाका कारण समस्यामा पर्ने बताए ।
कार्यक्रममा क्याम्पसको बार्षिक प्रतिबेदन क्याम्पस प्रमुख जुजुभाई मानन्धरले प्रस्तुत गरेका थिए । क्याम्पसका कक्षा ११, १२, बी बी एस, एम. एडका कक्षाहरु सञ्चालन भएका र २०७९÷२०८० मा ५ सय ५० जना विद्यार्थीहरु भर्ना भएको बताए । क्याम्पसको भावी कार्यक्रम शिक्षण सिकाईका लागी कक्षा कोठामा सुबिधा अभिबृद्धि, प्रभावकारी शैक्षिक योजना तर्जुमा लगाएतका रहेको मानन्धरले बताए । कार्यक्रममा ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख लालध्वज सुवेदी, बनेपा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धर लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य सञ्चालक सदस्य तथा उप प्रध्यापक शेमन्त भण्डारीले राखेका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम क्याम्पसका संचालक समितिका अध्यक्ष डा.मदनकाजी मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो ।