आर्दश विद्या मन्दिरमा एड्स विरुद्ध सचेतना अभियान

समुदायको नेतृत्वमा एड्स अन्त्य गरौ भन्ने अभियानका साथ सक्रिय प्लस नेपालको आयोजना र आर्दश विद्या मन्दिर विद्यार्थी कल्याण परिषदको ब्यबस्थापनमा ३६ औ विश्व एड्स दिवस २०८० को अबसरमा संक्रमितहरुको मानबअधिकार विषयक अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
आर्दश विद्या मन्दिर स्कुल बनेपाको कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुलाई एड्सका बारेमा जानकारी गराईएको थियो । विद्यार्थीहरुले रोग लाग्नै नदिन र लागे पछिको अवस्थाका बारेमा, एड्स रोगमा काभ्रेको अवस्थाका बारेमा जिज्ञासा राखेका थिए । जिल्लामा एचआईभी संक्रमितहरुको संख्या ९३ पुगेको, एड्स लागेका केहि सक्रंमितहरुले धुलिखेल अस्पतालबाट सेवा लिईरहेको धुलिखेल अस्पतालमा कार्यरत पारमेकिडल निराजन ढुंगेलले बताए । जिल्लामा हालसम्म एचआईभी एड्सका कारण १५ जनाले ज्यान गुमाएको जानकारी दिईएको थियो ।
विद्यार्थीहरुलाई एचआईभी संक्रमणको मुख्य कारण बैदेशिक रोजगारबाट फर्किएका ब्यक्तिहरुले असुरक्षित यौन सम्पर्कका माध्यमबाट तथा लागु औषधको प्रयोगबाट हुने गरेको जानकारी गराईएको थियो । कार्यक्रममा आर्दश विद्यामन्दिरका प्रिन्सिपल रामप्रसाद तिमल्सिना, मानबअधिकारकर्मी भोजराज तिमल्सिना, बिद्यार्थी कल्याण परिषदका अध्यक्ष दिक्षा सापकोटा लगाएतले मन्तब्य राखेका थिए । कार्यक्रम सक्रिय प्लस नेपालका कमल बञ्जाराको सभापतित्वमा सम्पन्न भएको थियो ।