विपी राजमार्ग स्थित पात्लेखेतमा गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

धुलिखेल नगरपालिका ११ पात्लेखेत स्थित विपी राजमार्गमा गाडीको ठक्करबाट पैदलयात्रुको ज्यान गएको छ । आज विहान ६ः१० बजे भकुन्डेबेशीबाट काठमाण्डौ तर्फ आउदै गरेको प्र १–०१–००१ च ८५९२ नं.को योदा गाडीले पैदल यात्रु धुलिखेल न.पा.११ पात्लेखेत बस्ने अन्दाजी ५० वर्षका यमुना प्रसाद धिताललाई ठक्कर दिएको थियो ।
गम्भीर घाईते भएका धिताललाई उपचारको लागी धुलिखेल अस्पताल ल्याइएकोमा डाक्टरले ६ः५५ बजे मृत घोषणा गरेका छन । गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।