सडकमा दुई पाँग्रेको ‘दादागिरी’
दोषको भारी जति ट्रिपरलाई

ट्रिपरबाट ६२ वटा दुर्घटना हुँदा मोटरसाईकलका कारण ३ सय ६० वटा दुर्घटना भएका छन् ।
सडकमा गुड्ने गरेका सवारी साधन मध्ये दुई पाँग्रे सवारी साधनको दादागिरीका कारण अधिकांश दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले बताएको छ । जिल्लामा भएको दुर्घटनाको तथ्याङ्कका आधारमा ३९ महिनामा भएका ६ सय ९५ वटा दुर्घटनामा मोटरसाईकल दुर्घटनाको संख्या ३ सय ६० वटा छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार तीन वर्ष तीन महिनाको अवधीमा ट्रिपरबाट ६२ वटा, ट्रक÷ट्रयाक्टरबाट ७१ वटा, डोजर/लोडर स्काभेटरबाट २ वटा, बसबाट ५८ वटा, कार जिप, भेनबाट १ सय २० वटा, ट्रयाक्टरबाट ७ वटा दुर्घटना भएका छन् । दुई पाङ्गंग्रे मोटरसाईकलबाट ३ सय ६० वटा दुर्घटना भएका छन् । शारिरिक शक्तिबाट ३ वटा र अन्यबाट ९ वटा दुर्घटना भएका छन् । तीन वर्ष तीन महिना अर्थात ३९ महिनामा ६ सय ९५ वटा दुर्घटना भएको छ । दुर्घटना न्यूनिकरणका लागि जिल्लाका विभिन्न स्थानमा खटिएका प्रहरीले जनचेतना मुलक कार्यक्रम गरिरहेको छ । नियमित चेकजाँच तथा सचेतनामुलक कार्यक्रमका कारण दुर्घटना न्यूनिकरण भईरहेको प्रहरीले बताएको छ । तथ्याङ्कले हरेक वर्ष दुर्घटना घटेको भन्दा बढेको बताएको छ । पर्याप्त जनशक्तिका कारण जिल्लाका विभिन्न स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको छ । २५ जनाको दरवन्दीमा यतिखेर जिल्लामा ५० जना ट्राफिक प्रहरी कार्यरत छन् ।
आर्थिक वर्ष २०७७/२०७८ मा १७८ वटा दुर्घटना भएका थिए । २०७८/२०७९ मा २ सय २४ वटा दुर्घटना हुँदा आर्थिक वर्ष २०७९/२०८० मा २ सय २१ वटा दुर्घटना भए । तर चालु वर्षको तीन महिनामा ७२ वटा दुर्घटना भईसकेका छन् । दुर्घटनामा १ सय ३७ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७७/२०७८ मा ३१ जना, २०७८/२०७९ मा ४३ जना र २०७९/२०८० मा ५० जनाले ज्यान गुमाए भने तीन महिनाको अवधीमा १३ जनाले ज्यान गुमाए ।
कहाँ कहाँ छन् ट्राफिक प्रहरी ?
- अस्थायी ट्राफिक प्रहरी पोस्ट विपी राजमार्ग – मंगलटार, भकुण्डे, काभ्रे भन्ज्याङ्ग
- अरनिको राजमार्ग–साँगा, खावा, पाँचखाल, दोलालघाट
- पनौती, बेथान्चोक
- जिल्ला ट्राफिक प्रहरी कार्यालय

