काठमाडौं विश्वविद्यालयमा सूचना प्रविधी प्रर्दशनी मेला सुरु
कम्प्युटर साईन्स तथा इन्जिनियरिङ विभागमा अध्ययनरत विद्यार्थीहरूद्वारा आयोजना हुँदै आईरहेको सूचना प्रविधि सम्बन्धी वार्षिक कार्यक्रम, सुचना प्रविधि प्रर्दशनी मेला आईतबार देखि काठमाडौँ विश्वविद्यालय, धुलिखेलमा सुरु भएको छ ।
काठमाडौ विश्वविद्यालयका डिन प्रा.डा.मनिष पोखरेलले प्रर्दशनी मेलाको शुभारम्भ गर्दै पछिल्लो समय कम्प्युटर तथा सूचना प्रविधिमा भएका प्रगति तथा विद्यार्थीहरुले सिकेका सिपलाई प्रयोगात्मक रुपमा ब्यवहारमा कसरी उतार्ने भन्ने विषयमा ज्ञान उपलब्ध गराउन सहयोग पुग्ने बताए । विद्यार्थीहरुले प्रर्दशनी मेलाको अवलोकनका लागि उपत्यकाका तीन जिल्लाका साथै काभ्रेका विभिन्न पालिकामा आईटीसँग सम्वन्धित ६० वटा भन्दा धेरै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई आमन्त्रण गरेका छन् ।
प्रर्दशनी मेलाबाट प्राविधिक क्षेत्रमा रुची राख्ने ब्यक्तिहरु, ब्यवसायीहरू र विद्यार्थीहरूलाई अन्तरदृष्टिपूर्ण छलफल, विशेषज्ञ वार्ता र सहयोगी गतिविधिहरूमा संलग्न हुनको लागि जीवन्त अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ । उद्घाटन कार्यक्रममा विश्बविद्यालयका डिन प्रा.डा. जर्नादन लामिछाने, विभागित प्रमुख बालकृष्ण बल लगायतले प्रर्दशनी मेलाले सूचना प्रविधिका क्षेत्रमा सक्रिय विद्यार्थी तथा ब्यवसायीहरुलाई उत्साह भर्ने बताए । विद्यार्थीहरु अभय बज्राचार्य, सौरभ घिमिरे तथा आकृति बञ्जाराले प्रविधि सम्मेलनका बारेमा जानकारी दिदै शशक्तिकरण तथा सूचना प्रविधिको उपयोगका बारेमा प्रर्दशनी मेलाले सकारात्मक सन्देश दिएको बताए । सम्मेलनको मुख्य आर्कषक पछिल्ला घटनाक्रमहरूको अन्वेषण र विचार आदान प्रदानलाई बढावा दिनु रहेको संयोजक सौरभ घिमिरेले बताए । मेलामा विद्यार्थीहरुले तयार पारेको योजनामुलक ब्यवसायीक सामाग्रीहरु प्रस्तुत गरिएको छ भने विभिन्न देशमा भएका आईटिको प्रयोग तथा नयाँ अन्वेषणका बारेमा अन्र्तक्रिया गरिएको छ । सम्मेलनमा ४० वटा स्टल छन् ।