१८ वटा युट्युब च्यानललाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस (सुचिसहित)
प्रेस काउन्सिल नेपालले दर्तारसूचीकरण नभइ अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युब च्यानललाई आवश्यक कारबाहीको लागि सिफारिस गरेको छ । निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवम् अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।
मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल युट्युब च्यानल बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी ९साइबर ब्युरो०मा पत्राचार गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मिडियाअन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ


यसअघि सञ्चार माध्यमको आवरणमा नागरिकलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै गएको ८ गते युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो ।