नेपालमा डेरी विगतदेखि वर्तमानसम्म
नेपाल एक कृषि प्रधान देश हो, जहाँ करिब ६० प्रतिशत मानिस कृषि पेशामा आवद्ध छन् । देशको कुल ग्राहस्थ उत्पादनको करिब ३३ प्रतिशत योगदान कृषि क्षेत्रले पुर्याएको छ । पशुपालन क्षेत्र देशको एक प्रमुख पेशाको रुपमा विकास भैरहेको छ । कृषिमा पशुपालन क्षेत्रले मात्र देशको कुल ग्राहस्थ उत्पादनमा २३ प्रतिशत योगदान दिएको छ । पशु पालन व्यवसायमा पनि खास गरी गाई भैंसी पालन एक महत्वपूर्ण क्षेत्रको रुपमा दिनानु दिन विकास भैरहेको छ । दुध उत्पादनमा अभिवृद्धि ल्याउन गाई भैंसी पालन व्यवसाय क्रमिक रुपमा व्यवसायीकरण तर्फ उन्मुख भैरहेको छ । दुग्ध क्षेत्रले मात्र देशको कुल ग्राहस्थ उत्पादनमा करिब ९ प्रतिशत योगदान दिएको वर्तमान अवस्थामा यसको भविष्य अत्यन्तै राम्रो देखिन्छ । यस व्यवसायमा कृषकहरु अझ बढी आकर्षित भैरहेका छन् ।
नेपालमा संगठित रुपले दुग्ध व्यवसायको शुरुवात वि.स. २००९ (सन् १९५२) सालमा सरकारद्धारा खाद्य कृषि संगठनको सहयोगमा रसुवाको लाङटाङमा याक चीज उत्पादन केन्द्रको स्थापना सँगै भएको पाइन्छ । सोही समयमा नै काभ्रेपलान्चोक जिल्लाको नाला टुसालमा सानो दुग्ध प्रशोधन केन्द्रको स्थापना भएको थियो । उक्त शुरुवातलाई निरन्तरता दिंदै वि।स। २०२६ सालमा सरकारको पूर्ण स्वामित्वमा रहने गरी दुग्ध विकास संस्थानको स्थापना भयो । २०२६र२७ सालदेखि नै काठमाण्डौ उपत्यकामा निजी क्षेत्रमा संलग्न दुग्ध व्यवसायीहरुले समेत दुग्ध प्रशोधन उद्योगको शुरुवात गरेको पाइन्छ । यसै गरी दुग्ध उत्पादनमा अभिबृद्धि ल्याउन तथा कृषकरुको समूहगत विकास गरी समूह प्रति प्रतिवद्ध बनाउन २०३८ सालदेखि दुग्ध उत्पादक कृषकहरुको समूह बनाई दुग्ध उत्पादक संस्थाको रुपमा दुग्ध संकलन गर्ने कार्यको शुरुवात भयो । त्यसपछि दुग्ध विकास संस्थानले दुध उत्पादक संस्थाको माध्यमबाट दुध संकलन गरी प्रशोधित दुध उपभोक्ता समक्ष पुर्याउने कार्य गर्दे आयो । देशमा दुग्ध उत्पादक सहकारी संस्थाहरु प्रजातन्त्रको पुनः स्थापना पश्चात् अझ बढी संगठित भै दुग्ध उत्पादक सहकारी संस्था लि। मा रुपान्तरण भए । हाल देशमा ६२ जिल्लामा करिब १८७५ दुग्ध उत्पादक सहकारी संस्थाहरु र असंगठित रुपमा रहेका कृषकहरुको समूहले दुग्ध उद्योगहरुमा दैनिक दुध उत्पादन तथा बिक्रि बितरण गरिरहेका छन् ।
नेपाल कृषि प्रधान देश भनिएता पनि किसानका समस्या र कृषि निति बारेमा स्पष्ट नभएका कारण व्यवसायिक कृषिको विकास हुन सकेको छैन । देशभरि करिव ६० प्रतिशत जनसंख्या कृषि पेशामा आश्रित रहेको अवस्थामा छ । त्यसमा पनि दुग्ध क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा ९ प्रतिशत योगदान दिइरहेको अवस्थामा दुग्ध क्षेत्रको लागि बजेटमा ज्यादै नै न्युन रकम छुट्याउनाले सरकारको ध्यान यस क्षेत्र प्रति नपुगेको होकि जस्तो देखिन्छ । निर्वाहमुखि अवस्थामा रहेको नेपालको कृषि प्रणालीलाई क्रमशस् रुपान्तरण गर्दै कृषि पेशालाई व्यवसायिकिकरण गर्नु नै आजको मुख्य आवश्यकता हो । कृषि पेशामा सक्रिय जनसंख्याको सहभागिता भएता पनि दुग्ध जन्य पदार्थमा परिवर्तन ल्याउनु आज हाम्रो चुनौतीको विषय बनेको छ । यसका लागि हामीले हाम्रो स्वदेशी उत्पादनलाई जोड दिंदै कृषक, व्यवसायी, सरकारी तथा गैर सरकारी निकायहरु बिचको सहकार्य आवश्यक देखिन्छ । यस दुग्ध पेशामा ६ लाख कृषकहरु आवद्घ छन् भने करिब ३५र४० हजार जनाले प्रत्यक्ष्य रुपमा उद्योग तहमा रोजगारी पाएका छन् । प्रत्येक दिन ५ हजारको हाराहारीमा नेपाली युवा शक्ति विदेश पलायन भैरहेको दक्ष शैक्षिक योग्यता भएका युवाहरु स्वदेशमा नै परिचालन गर्न सरकारले नसकेको अवस्थामा यस क्षेत्रमा आवद्घ उद्योगहरुले करिब ४० हजार र किसान तहमा ६ लाख व्यक्तिहरुलाई प्रत्यक्ष रोजगार प्रदान गरिरहेकोलाई बढाएर युवालाई विस्तारै स्वदेश फर्कने अवस्था श्रृजना गर्न सक्ने हो भने यो दुग्ध क्षेत्र त्यो बिदेश पलायन हुने युवा रोक्ने एउटा राम्रो माध्यम हुन सक्ने देखिन्छ ।
आज दुग्ध व्यवसायको माध्यमद्वारा शहरबाट गाउँमा वार्षिक करीव ५ अर्व नगद प्रवाह गर्न सफल भएको अवस्था छ । साथै निजि डेरी उद्योगहरुमा मात्र करिव ४० अर्बभन्दा बढि लगानी भएको अवस्था छ । यसै पेशाका माध्यमबाट गाउँ घरमा दैनिक गुजारा टार्न सकिएको छ । घरमा कोहि बिरामी पर्दा होस् वा दैनिक नुन तेल किन्न या बालबालिकालाई कपि कलम किन्न यहि दुध बेचेरै टार्ने हो । त्यसकारण पनि गाउँघरमा दुग्ध क्षेत्रको योगदान निकै धेरै छ । गाउँ घरमा पैसा पुग्ने एक मात्र भरपर्दो र प्रमुख पेशा व्यवसाय भनेकै दुग्ध व्यवसाय हो ।
मुलुकमा गुणस्तरिय दुध र दुग्धजन्य उत्पादन बृद्घि गर्न सरल एवं उपयुक्त अत्याधुनिक प्रविधि, दक्ष प्राविधिकहरुको व्यवस्थापनमा सहयोग पुर्याउनुको साथै मुुलुकलाई दुग्ध उत्पादनबाट आत्मनिर्भर बनाई आयात प्रतिस्थापन गर्दै निर्यातलाई बढावा दिन प्रोत्साहन गर्ने लक्ष्य लिनु पर्छ । वर्तमान समयमा दैनिक करिव ६२ लाख लिटर दुध उत्पादन छ । उत्पादनको ५० प्रतिशत अर्थात ३१ लाख लिटर दुध किसान आफैंले दैनिक उपभोग गरेको तथ्यांक छ। बजारमा आउने ५० प्रतिशतमा १७ प्रतिशत दुध मात्र फर्मल क्षेत्र जुन लेबल लगाई र पाकेट बनेर बजारमा आउँछ भने ३३ प्रतिशत दुध इनफर्मल रुपमा बजार आइरहेको अवस्था छ । यसैले अब यो इनफर्मल रुपमा बजार आइरहेको दुधलाई बिस्तार फर्मल रुपमा वृृद्घि गराउनु पर्ने टड्कारो चुनौती छ ।
नेपालमा दुग्ध क्षेत्रको विकास क्रमशः (इस् सम्वतमा)
१९१७ राणकालमा युरोपबाट गाई आयात
१९५२ः पशु विकास शाखा स्थापना
१९५२ः चिज उत्पादन केन्द्र रसुवा
१९५३ः सानो दुग्ध प्रशोधन कारखाना स्थापना, टुसाल, काभ्रे
१९५४ः कृषि विभागमा दुग्ध विकास शाखा स्थापना
१९५५ः दुग्ध विकास आयोग गठन
१९५६ः केन्द्रिय दुग्ध प्रशोधन कारखाना (५०० लि.घण्टा क्षमता) लैनचौरमा स्थापना
१९६२ः दुग्ध विकास आयोग दुग्ध विकास बोर्डमा परिणत
१९६६ः पशु विकास तथा पशु स्वास्थ्य विभागको स्थापना
१९६९ः दुग्ध विकास संस्थानको स्थापना
१९७३ (१९८०ः विराटनगर, हेटौडा, काठमाण्डौ र पोखरामा दुग्ध वितरण आयोजना स्थापना
१९७०ः निजी उद्यमीहरुको आगमन
१९८०ः दुग्ध उत्पादक संस्था÷सहकारी संस्थाको सुरुवात
१९९२ः राष्ट्रिय दुग्ध विकास बोर्ड
१९९५ः विराटनगरमा धुलो दुध कारखाना
२००८ (०९ः पोखरा र चितवनमा निजी क्षेत्रबाट धुलो दुध कारखाना स्थापना
२०२०÷२३ सम्ममा अरु थप ४ वटा धुलो दुध कारखानाको स्थापना ( बिराटनगर, तरहरा धरान, भक्तपुर र हेटौंडा)
वि.स. २०४६ पछि दुग्ध क्षेत्रसँग सम्बद्ध संघ संगठन नेपाल डेरी एसोसिएसन , केन्द्रिय दुग्ध उत्पादक सहकारी संघ जस्ता संस्थाको स्थापना भएको पाइन्छ ।