भुटानी शरणार्थी प्रकरणः धरौटीमा रिहा भएकाहरु सम्पत्ति शुद्धीकरणको जिम्मामा

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई प्रहरीले सम्पत्ति शुद्धिकरण विभागमा बुझाएको छ । उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएका चार जनालाई विभागमा वुझाइएको हो ।

यस लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जिम्मा लगाइने बताइएको छ । धरौटीमा रिहा गर्न आदेश दिएका नरेन्द्र केसी, आशिष बुढाथोकी, हरिभक्त महर्जन, शमेशर मियाले अदालतले मागे बमोजिम धरौटी बुझाए लगत्तै सम्पत्ती शुद्धिकरण र अख्यिातारमा मुद्दा परेका कारण प्रहरीले सम्पत्ती शुद्धिकरण बिभागमा बुझाएको कारगार प्रशासनले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना मध्ये हरिभक्त महर्जनलाई १५ लाख, शमशेर मियालाई १० लाख, नरेन्द्र केसीलाई १० लाख धरौटी माग गरिएको थियो भने ती मध्ये आशिष बुढाथोकीलाई साधारण मुद्दामा छोड्न अदालतले आदेश दिएको थियो ।

यसैगरी सोही प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझी र रामशरण महतले भने सोमबार मात्रै धरौटी रकम बुझाएका छन् । धरौटीमा रिहा गरिएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालले भने अदालतले तोके बमोजिम १५ लाख धरौटी बुझाउन नसकेका कारण कारागारमा नै रहेका छन् ।