पनौतीमा इन्द्रेश्वर प्राविको पुरानो भवनमा काठमाडौ विश्वविद्यालयले बी.आर्किटेक्चर विषय पढाउने
काठमाडौ विश्वविद्यालय र पनौती नगरपालिका बीच बी.आर्किटेक्चर कोर्सको कक्षा संचालन गर्ने सम्वन्धी सम्झौता भएको छ । काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा र पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी बीच सोमबार ९ बुँदे सम्झौता भएको हो ।
२०७९ चैत्र १३ गते काठमाडौ विश्वविद्यालयको पत्रको माग बमाजिम पनौती नगरपालिका वडा नम्वर ७ स्थित इन्द्रेश्वर प्राथमिक विद्यालयको खाली भवन र त्यसले चर्चेको कित्ता नम्वर ८० को जग्गा काठमाडौ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्ग अन्र्तगत आर्किटेक्चर विषय अध्ययन अध्यापन गराउन विश्वविद्यालयलाई भोगाधिकार सहित हस्तान्तरण गर्ने निर्णय नगरपालिकाले गरेको छ ।
भौतिक संरचनाको जीर्णोद्धार विश्वविद्यालय आफैले गर्ने, उक्त भवनमा हुने भौतिक पूवार्धार मर्मत तथा नयाँ संरचना थप तथा पानी, विजुली लगायतका अन्य खर्च स्वंम विश्वविद्यालयले खर्च गर्ने, नंक्साङनको काम वडा नम्वर ७ मार्फत निशुल्क गरिने, वडा नम्वर ७ मा रहेका प्राचीन संम्पदाहरुको संरक्षण गर्ने, आर्किटेक्चर विषयमा पढ्न योग्यता पुगेर काठमाडौ विश्वविद्यालयले लिएको प्रवेश परिक्षामा उर्तिण भएका आवेदक मध्ये जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका वडा नम्वर ७ मा स्थायी बसोबास भएका एकजना विद्यार्थीलाई ५० प्रतिशत र अन्य वडा मध्येबाट एक जनालाई ५० प्रतिशत शुल्कमा अध्ययन गराउने सहमति भएको छ । त्यस्तै इन्द्रेश्वर उमावी पनौतीमा भईरहेको विज्ञान विषयको पढाईमा विश्वविद्यालयले सहयोग गर्ने सहमति भएको छ । उक्त भवन सहितको क्षेत्र १५ वर्षका लागि भोगचलनका लागि दिने सहमति पत्रमा उल्लेख गरिएको छ ।
सम्झौतापत्र :