बनेपा–५ का कृषकलाई मौसमी तरकारीको बिउ र विरुवा वितरण

जीवनको लागि विउ भन्ने नारा सहित लायन्स क्लब अफ काभ्रे, काभ्रे बनेपा लियो क्लब र बनेपा लियो क्लबको आयोजना तथा बनेपा नगरपालिका वडा नम्बर ५ को संयोजनमा ३० जना कृषकहरुलाई मौषमी तरकारीको विउ तथा विरुवा वितरण गरिएको छ ।

बनेपा नगरपालिका वडा नम्वर ५ ओपीका कृषकहरुलाई तरकारीको बिउ र बेर्ना वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर ५ का अध्यक्ष बलराम अधिकारीले विउ र वेर्नालाई सदुपयोग गरी तरकारी खेती गर्न आग्रह गरेका थिए । वडाले वडाबासीहरुलाई विभिन्न सिपमुलक तालिम प्रदान गरेको, कौशिखेती तालिम, घुम्ति स्वास्थ्य सेवा मार्फत स्वास्थ परिक्षण, सडक, खानेपानी लगाएतका कामहरु गर्दै आएको बताए । अध्यक्ष अधिकारीले वडाबासीहरुलाई कुनै समस्या वा गुनासो भएमा वडाका जनप्रतिनिधीहरुलाई खवर गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा कृषकहरुलाई जेटिए प्रकाश प्रधानले तरकारीमा लाग्ने रोगका बारेमा जानकारी गराउँदै खेति गर्ने तरिका, माटो परिक्षण सम्वन्धि विषयमा जानकारी गराएका थिए । कार्यक्रममा लायन्स क्लब अफ काभ्रेकी सरिता पलाञ्चोकेले लायन्स क्लबले विभिन्न सामाजिक कार्य गर्दै आएको वताईन् । शनिबार क्लबले चेस प्रतियोगिताको आयोजना गरेको थियो भने विभिन्न कार्यक्रमहरु गर्दै जाने पलाञ्चोकेले बताईन् । कार्यक्रममा वडा सदस्यहरु, क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन लायन्स विकास पन्तले गरेका थिए । कार्यक्रममा धन्यबाद ज्ञापन लायन्स ईश्वर महाजुले गरेका थिए ।