पनौतीको गुरुकुललाई ८५ वर्षिया वृद्धाले गरिन् अस्पतालको सैया बाटै दुई लाख दान

काभ्रे, पनौती । विगत एक साता देखि धुलिखेल अस्पतालमा उपचारार्थ पनौती नगरपालिका– ९ निवासी ८५ वर्षिया लोक कुमारी भण्डारीले सचीतीर्थ त्रिवेणी गुरुकुलको भौतिक संरचना निर्माणर्थ आयोजित श्रीमत् भागवत सप्ताह ज्ञान महायज्ञमा २ लाख रुपैया नगद दान गरेकी छन ।
विगत केहि वर्ष देखि दम रोगले ग्रस्त ८५ वर्षिया भण्डारीको दान धर्ममा छोरा टिकाराम भण्डारीले पनि साथ दिइरहेका छन । पछिल्लो समय लोककुमारीले त्रिवेणीघाट नजिकै रहेको माइती वृद्धाश्रमलाई ५१ हजार, आफ्नो कुल देवताको मन्दिर स्थापनार्थ १ लाख, खोपासी रोडमा रहेका नवदुर्गा मन्दिरको लागि ५५ हजार नगर दान गरिसकेकी छन । यतिमात्र हैन गरिबहरुलाई न्यानो कपडा उपलक्ध गराउन पनि हजारौ रुपैया खर्च गरिरहेकी छन ।
आफ्नो जिवनकालको अधिकाशं समय दुखि जिवन व्यतित गर्नुभएको लोककुमारी जिवनको उत्तरार्थमा दान धर्ममा अझ बढी सक्रिय हुनु भएको छ । ‘छोरा छोरीले मायाले दिएका अलिअलि रकम जम्मा गरेर राख्नुहुन्छ, अलि धेरै हुदा साथ कतै न कतै दान गर्न इच्छा गर्नुहुन्छ’ छोरा टिकाराम भण्डारीले भने । आमाले यहाँ यति दान गर्न मन लाग्यो भन्दासाथ हामी पुरा गर्दिहाल्छौ । आमाले पहिला धेरै दुख कष्ट गरेर हामिर्ला हुर्काउनु बढाउनु भयो, मरेर लानु हेहि छैन, अहिले आमाले इच्छा गर्नुभएको कुरा हामी पुरा गर्दिहाल्छौ ।
विगत दुईवर्ष देखि सञ्चालनमा रहेको पनौतीको यो गुरुकुलमा अहिले २८ जना वटुक छन् । यी वटुकहरुलाई निशुल्करुपमा खाने, बस्ने, शिक्षा, दिक्षा दिने सबै काम सचीतीर्थ गुरुकुलले नै गर्दै आएको छ । हाल त्रिवेणी घाटको सत्तलमा रहेको यो गुरुकुललाई व्यवस्थित रुपमा सञ्चालन गर्न पनौती ६ स्थिति गोरखनाथ डाडामा नया भौतिक संरचना बन्दैछ । भौतिक संरचना निर्माणको लागि हालसम्म कुनैपनि सरकारी रकम नपाएपछि सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको हो । पंडित अच्युत प्रसाद भट्टराईको अग्रसरतामा सञ्चालित गुरुकुलको लागि सहयोग हातहरु अघि बढीरहेका आयोजक समितका सचिवालय प्रमुख रामकुमार बस्नेतले जानकारी दिए ।
सप्ताह ज्ञान महयज्ञमा सचिवालय प्रमुख बस्नेत परिवारबाट एक लाख रुपैया उपलब्ध गराइएको छ भने सचीतीर्थ त्रिवेणी गुरुकुलका अध्यक्ष शीवप्रसाद जंगमले पनि स्व. मातापिता तारादेवी र रामजीप्रसाद जंगम तथा स्वर्गिय श्रीमती शुभद्रा जंगमको सम्झनामा गुरुकुलको लागि १ लाख ११ हजार रुपैया प्रदान गरेका छन । सप्ताहका प्रमुख वाचक समेत रहेका पंडित अच्युत भट्टराईको परिवारबाट पनि ४ लाख रुपैया भन्दा बढी दान प्राप्त भएको सचिवालय प्रमुख बस्नेतले जानकारी दिए ।
अहिले गुरुहरुले तिथि श्राद्ध तथा अन्य धार्मिक कार्यबाट प्राप्त रकम र अन्य सहयोगि हरुले उपलब्ध गराएको रकमबाट २८ वटुकहरुलाई खाने बस्ने र शिक्षा दिक्षा दिने कार्य भैरहेको छ । गुरुकुललाई सस्कृत पठशाला पनि भन्ने गरिन्छ । खासगरी गुरुकुलबाट निस्किएपछि बटुकहरु कर्मकाण्ड, ज्योतिश शात्र, वशुकला र अठार पुराण प्रवचन गर्न सक्षम हुने वताइन्छ ।
शिक्षा र दिक्षाको लागि गुरुकुल परापुर्वकाल देखि सञ्चालन हुदै आएको छ । भगवान रामचन्द्रका चार दाजुभाईले पनि गुरुकुलबाटै शिक्षा र दिक्षा पाएका थिए । पछिल्लो समय आधुनिक शिक्षाको विकास भए संगै संस्कृत शिक्षा र धार्मिक कार्य गर्ने शिक्षा लोप हुदै गएको छ । अहिले धार्मिक कार्यको लागि एकैपटक दर्जन ब्राम्हण आवश्यक परे जुटाउन नसक्ने अवस्था आइसकेको छ । गुरुकुलका अध्यक्ष जंगम भन्छन, पछिल्लो पुस्तालाई यो शिक्षा दिन नसके अब धार्मिक कार्यको लागि ब्राम्हण नै भट्टाइदैन ।