आज पनि हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

आज पनि हिमाली र उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिजो हिमाली र उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिमपात भएको थियो ।

मौसम बदली भएसँगै अधिकतम तापक्रम घट्न थालेको छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम झण्डै ४ डिग्री सेल्सियस घटेको थियो । अस्ति २० देखि २१ डिग्री सेल्सियस रहेको काठमाण्डौको अधिकतम तापक्रम हिजो १७ दशमलव ६ डिग्री सेल्सियसमा झरेको थियो । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविद् रोजन लामिछानेले बताए ।