सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध १० वटा उजुरी

काठमाडौं/ सर्वोच्च अदालतका प्रस्तावित छ मध्ये तीन जना न्यायाधीशविरुद्ध उजुरी परेको छ। उनीहरूविरुद्ध संसदीय समितिमा १० वटा उजुरी परेका हुन्। संसदीय सुनुवाइ समितिमा उनीहरूविरुद्ध उजुरी परेका र सबैभन्दा बढी उजुरी सारंगा सुवेदीविरुद्ध पाँच वटा परेको समितिले जनाएको छ ।

समितिका अनुसार महेश शर्मा, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्धउजुरी परेको छैन्। न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजित मुसलमान, महेश शर्मा, टेकप्रसाद ढुङ्गाना सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल विरुद्ध उजुरी आह्वान गरेको थियो ।

गत मंसिर आठ गतेदेखि सोमबारसम्ममा १० वटा उजुरी प्राप्त भएको समिति सचिवालयले जनाएको छ। उजुरीको समय सोमबार सकिएपछि उनीहरूको उजुरी खोल्न २१ गते बिहीबारका दिन बैठक बोलाइएको छ। यसै गरी पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत सनील नेपाल विरुद्धमा पनि एउटा उजुरी परेको छ।