स्वंयसेविका सम्मान गर्दै धुलिखेलले मनायो दिवस (तस्बिरहरु)

२० औ महिला सामुदायिक स्वास्थ्य स्वंय सेविका दिवस धुलिखेल नगरपालिकाले विविध कार्यक्रमका साथ मनाएको छ । नगरपालिकाका १२ वटा वडाहरुमा कार्यरत महिला स्ववंसेविकाहरुलाई सम्मान गरेको छ । ६९ जना महिला स्वयं सेविकाहरु नगरपालिकामा कार्यरत छन् ।
कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख निराजन जंगम, सामाजिक विकास समिति संयोजक गणेश आचार्य, स्वास्थ्य कार्यालय काभ्रेका प्रुमख अनिता दाहाल, धुलिखेल नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु पुज काफ्ले, सन्दिप केसी, सरोज थापा तथा जनप्रतिनिधिहरु, स्वास्थ्य शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम स्वास्थ्य शाखाका कृष्ण आलेले संचालन गरेका थिए । नगरपालिकाले उनिहरुलाई सम्मान गर्दै स्थानीय स्तरमा स्वास्थ्य क्षेत्रमा भएका अभ्यास, प्रयास र धुलिखेल नगरपालिकालाई स्वस्थ नगर बनाउने अभियानमा उनिहरुले खेलेको भूमिकाका बारेमा चर्चा गरेको थियो । नगरपालिकाले हरेक नागरिकहरुको प्रोफाईल तयार गर्दै स्वस्थ नागरिक र स्वस्थ नगर बनाउने अभियान शुरु गरेको आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा प्रमुख सन्दिप केसीले बताए ।
महिला स्वास्थ्य स्वयसेविका मार्फत विभिन्न सचेतना मुलक कार्यक्रमहरु, राष्ट्रिय, अन्र्तराष्ट्रिय अभियानहरु र स्थानीय तहले जारी गरेका अभियानहरुलाई सफल भएको सहभागिहरुले बताए । लैङ्गिक हिंसा विरुद्धको अभियानका क्रममा महिला स्वास्थ्य स्वंयसेविकाहरुले गरेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा हुन सक्ने हिंसा न्यूनिकरण गर्न, मातृ तथा बाल मृत्युदरलाई शुन्य बनाईराख्न उनिहरुको सक्रियता आवश्यक रहेको बताईएको थियो ।
तस्बिरमा धुलिखेल नगरपालिकाको स्वंयसेविका दिवस



