बनेपा नगरपालिकाले गर्यो स्वास्थ्य स्वयंसेविका दिवसमा हाजिरीजवाफ
स्वास्थ्य क्षेत्रमा दीगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास भन्ने मूल नाराका साथ बनेपा नगरपालिकामा २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
दिवसका अवसरमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा समुह २ का नारायणी सञ्जेल, मतिना कपाली, निर्मला थापा, ईन्दिरा जंगम, रश्मिला मानन्धर प्रथम, समुह सातका गंगा थापा, पवित्रा तामाङ्ग, श्री लक्ष्मी श्रेष्ठ, निर्मला श्रेष्ठ र लक्ष्मी श्रेष्ठ दोस्रो, समुह ३ का लक्ष्मी बस्नेत, विमला नेपाल, निशातामाङ, विन्दाथापा, निर्मला कार्की तेस्रो भएका थिए ।
प्रतियोगिता ७ समुहमा विभिजन गरिएको थियो । नगरमा ८४ जना महिला स्वास्थ्य स्वयंसेवीकाहरु रहेको स्वास्थ्य शाखा प्रमुख शम्भु कुमार महतोले जानकारी दिए ।
कार्यक्रमका अध्यक्ष तथा उपप्रमुखविमला सापकोटाले डाक्टर नपुग्ने ठाँउमा स्वयमसेविकाहरुले सेवा दिएर मातृ तथा शिशु मृत्युदरमा कमी आएको बताईन् । नगरपालिकाले उनिहरुलाई दिने सेवा सुविधाका बारेमा विचार गर्ने र उनिहरुको क्षमतालाई अभिबृद्धिगर्न तालिमको आयोजना गर्ने सापकोटाले बताईन् । लैङ्गिक हिंसा विरुद्धको अभियानका क्रममा महिला स्वास्थ्य स्वंयसेविकाहरुले गरेको भूमिकाको चर्चा गर्दै उनले आगामी दिनमा हुन सक्ने हिंसा न्यूनीकरण गर्न, मातृ तथा बाल मृत्युदरलाई शून्य बनाईराख्न उनीहरूको सक्रियता आवश्यक रहेको उनको भनाई छ । पुरानालाई पुर्नताजगी तालिम र नयाँलाई क्षमता बृद्धिगर्न तालिम प्रदान गर्ने सापकोटाले बताईन् ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भोला चापागाईले स्वयमसेवीकाहरुलाई नगरपालिकाले दिने सेवामा कुनै कमि नगरेको बताएका छन । आगामिदिनहरुमा समेत उनिहरुको कार्यलाई प्रभावकारी वनाउन अवलोकन भ्रमणको ब्यबस्था मिलाउने चापागाईले बताए ।
कार्यक्रममा वडानम्बर १० का वडा अध्यक्षएवं सामाजिक विकास समिती संयोजक चन्द्र बहादुर खड्का, वडा नम्बर १२ का वडा अध्यक्ष रामबहादुर कुंवर, स्वास्थ्य कार्यलय काभ्रेका डाक्टर अनिता खनाल, स्वास्थ्य शाखा अधिकृत शम्भुकुमार महतो, स्वयंसेवीका गिता कुवंर लगाएतले मन्तब्य राखेका थिए । कार्यक्रममा हाजिरीजवाफमा उत्कृष्ट हुने टिम र ६० वर्ष उमेर पुगेका स्वयंसेवीकालाई सम्मान गरिएको थियो । कार्यक्रम स्वास्थ्य शाखाकी सिता भट्टराईले सञ्चालन गरेकी थिईन् ।