काठमाडौ विश्वविद्यालयको बौद्ध शिक्षा कार्यक्रम हङकङमा

नेपालको शिक्षालाई काठमाडौं विश्वविद्यालय मार्फत अन्तराष्ट्रियकरण गर्ने उदेश्यले हङकङमा काठमाडौ विश्वविद्यालयको पाठ्यक्रम अनुसार नमोबुद्ध गुम्बा परिसरमा नमोबुद्ध गुम्बाको शाखा थ्राङगु वज्रयाना बौद्ध केन्द्र हङकङ र काठमाडौ विश्वविद्यालयसँग बीच एक कार्यक्रमका बीच सम्झौता भएको छ । सम्झौताले गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश अन्तराष्ट्रिय स्तरमा पु¥याउन थप सहज हुनेछ ।
काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापा र गुम्बाका अध्यक्ष चोजे लामाको उपस्थितीमा कुल अफ आर्टसका निमित्त डिन ईक्कुमाया पुन र थ्राङगु वज्रयाना बौद्ध केन्द्र हङकङका डाईरेक्टर खेन्पो लामा दावा क्षिरिङले हस्ताक्षर गरेका छन् । ब्याचलर (स्नातक) तहको चार वर्षे शैक्षिक कार्यक्रममा बौद्ध शिक्षा अध्यापन गराईनेछ । विश्वका जुनसुकै देशका +२ तह उर्तिण गरेका विद्यार्थीहरुले तिब्बतियन, अंग्रेजी र संस्कृत भाषबाट अध्ययन गर्न सक्ने गरी विश्वविद्यालयले भर्ना आब्हान गर्नेछ । फ्रेबुअरी महिनाबाट कक्षा प्रारम्भ हुने उक्त कार्यक्रमका लागि २० जना विद्यार्थीहरुले अध्ययन गर्ने अवसर पाउनेछन् । विश्वविद्यालयको तर्फबाट उक्त कार्यक्रमका लागि पाठ्यक्रम, परीक्षा, गुणस्तर परीक्षण र प्रमाणपत्र उपलब्ध गराउने छ भने उक्त विषय अध्यापनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार तथा जनशक्ति थ्राङगु वज्रयाना बौद्ध केन्द्र हङकङले गर्ने सहमति भएको छ ।
‘काठमाडौ विश्वविद्यालय र विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक कार्यक्रमलाई अन्तराष्ट्रियकरण गर्ने विश्वविद्यालयको लक्ष्य अनुरुप उक्त कार्यक्रम हङकङका लागि सम्झौता गरिएको हो’–उपकुलपति प्रा.डा.भोला थापाले भने–‘यसले विश्वविद्यालयको शैक्षिक कार्यक्रम मात्रै नभई नेपालमा जन्मिएका गौतम बुद्धलाई समेत विश्वका विभिन्न देशहरुमा चिनाउने थप अवसर मिल्नेछ ।’ सम्झौता कार्यक्रममा काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा, स्कुल अफ आर्टसका निमित्त डिन ईक्कुमाया पुन, उपकुलपतिका शैक्षिक सल्लाहकार प्रा.डा.पन्ना थापा, ग्लोबल इन्जिनियरिङ विभागका निमित्त निर्देशक डा. उद्धव प्याकुरेल, प्राज्ञिक औधोगिक संयोजक डा.राम लामा, इन्जिनियर लक्ष्मण लामा, थ्राङगु वज्रयाना बौद्ध केन्द्र हङकङका डाईरेक्टर खेन्पो लामा दावा क्षिरिङ, खेन्पो च्योनी रङड्रोल लामा सहितको सहभागिता रहेको थियो ।
थ्राङगु वज्रयाना बौद्ध केन्द्र हङकङको अग्रणी बौद्ध अध्ययन केन्द्र हो । उक्त केन्द्रको स्थापना सन् १९८५ मा थ्राङ्गु रिन्पोछेले गरेका थिए । केन्द्रलाई सन् १९८८ सम्म हङकङ सरकारको अध्यादेशसँग समावेश गरिएको थियो । यो नमोबुद्ध गुम्बाको छाता र आध्यात्मिक क्विडन्समा सञ्चालन हुन्छ ।