दुग्ध किसानको डेरी उद्योगीले ६ अर्ब भुक्तानी गर्न बाँकी

केन्द्रीय दुग्ध उत्पादक सहकारी सघंले एक प्रेस मिट गरि किसानले दुस्ख गरेर उत्पादन गरेको दुधको ६ अर्ब रकम भुक्तानी नपाएको कुरा सार्वजनिक गर्दै पत्रकार सम्मेलन गरेर आपती जनाएको छ।

सबैभन्दा लामो समयसम्मको रकम सरकारी स्वामित्वमा रहेको डि।डि।सीको रहेको र अरु निजि डेरी उद्योगीहरुको भएको बताए । डिडिसीको गत साउन महिनादेखि बाँकी रहेको छ भने निजि डेरी उद्योगको बिगत २ महिना अघिदेखिको रकम भुक्तानी नभएको कुरा पत्रकार सम्मेलन मार्फत बताए ।

संघले ११ बुँदे माग राखी अब आन्दोलनमा जाने कुरा आज कार्यक्रम मार्फत घोषणा गर्‍यो । पटक पटक आग्रह गर्दा पनि माग पुरा गर्न सरकारले चासो नदेखाएकोले दबाब दिन आन्दोलन घोषणा गर्नु परेको कुरा केन्द्रिय संघका महासचिव राम आचार्यले बताए ।

संघका अध्यक्ष अमर कुँवरका अनुसार किसानहरुको ११ बुँदे माग तत्काल पुरा नगरे यहि मसिंर २८ गते देखि ३० गते सम्म बिभिन्न चरणका आन्दोलन गरिने बताए। विभिन्न ११ वटा माग भए पनि महत्वपूर्ण माग भनेको किसानले निरन्तर दुध बेच्न पाउनु पर्‍यो र बेचेको दुधको भुक्तानी समयमा पाउनु पर्‍यो भन्ने नै हो भन्ने कुरा संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले बताए ।

किसानले नियमित भुक्तानी नपाएको विषयमा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालसँग बुझ्दा उनले भने,समयमै किसानको भुक्तानी दिन नसकेको कुरा सत्य हो तर यसको दोषी उद्योगी मात्र नभएको बताए ।

आर्थिक मन्दी, बढ्दो उत्पादन लागत, विभिन्न किसिमका रोग,आम नेपाली बिदेशिने क्रम बढ्नु , शहरबाट मानिसहरु पलायन हुनु, नेपालमा उत्पादित दुध महँगो र भारतको सस्तो हुँदा उताको दुध यता आउनु आदि कारणले बजारमा दुध उपभोग हुन सकेन र बढी भएको दुध पाउडरं बनाएर राख्दा बटर र धुलो दुध अत्याधिक बढि भइ सबै उद्योगीको चालु पुँजी स्टक हुन पुग्यो र आज यो अवस्था आएको कुरा अध्यक्ष दाहालले बताए। । दाहालका अनुसार सबै सरोकारवाला बसि तत्काल किसानको समस्या हल गर्न लाग्नुपर्छ । होइन भने उद्योगी र किसान दुबै पलायन हुने अवस्था आउने बताए ।

यसका लागि राज्यले उद्योगलाई सस्तो ब्याजमा केहि रकम दिन सक्दा मात्र समस्या हल हुन सक्छ । होइन भने अब ूहेर र कुरू भने झैँ माघ फागुन कुर्नुको कुनै विकल्प नभएको कुरा बताए ।