उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना, प्रधानमन्त्री पुगे अस्पताल

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन । अहिले उनको स्वास्थ्य अवस्था स्थीर रहेको डाक्टरले बताएका छन् ।

हिजो मङ्गलवार नियमित स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी पुगेका श्रेष्ठलाई डा. अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि गएको असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मुटुमा समस्या देखिएपछि त्यहाँ उनको उपचार गरिएको थियो । यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न अस्पताल पुगेका छन्। आज बिहानै अस्पतालमा पुगेर प्रचण्डले श्रेष्ठलाई भेटेका हुन्। त्यसक्रममा प्रधानमन्त्रीले गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाको विषयमा चिकित्सकसँग जानकारी लिएका छन्।