घाँस काट्न गएका शिक्षकको भीरबाट लडेर मृत्यु

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका (३ खोल्मागाउँस्थित बृखेश्वर आधारभूत विद्यालयका शिक्षक यज्ञबहादुर श्रेष्ठको भीरबाट लडेर मृत्यु भएको छ ।

मंगलबार आफ्नो निवास रामेछाप नगरपालिका (३ साँघुटारमा रहेको घर नजिक पाखोमा घाँस काट्न गएका बेला ३९ वर्षीय श्रेष्ठ भीरबाट लडेर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीका अनुसार घाइते श्रेष्ठलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

श्रेष्ठको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक पराजुलीले जानकारी दिएका छन ।