खेलकुद मानव स्वास्थ्यका लागि अनिवार्य शर्तका रुपमा जोडिनुपर्छःःएआइजी चौधरी
काभ्रे । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मिरा चौधरीले खेलकुद मानव स्वास्थ्यका लागि महत्वपुर्ण र अनिवार्य शर्तका रुपमा जोडिनुपर्ने बताएकी छन । नेपाल पुलिस स्कुल साँगामा आजबाट सुरु भएको २९ औं आइजीपी फुटवल रनिङ ट्रफी २०८० को उद्घघाटन गर्दै एआइजी चौधरीले स्वस्थ शरिरमा स्वस्थ मनको वास हुन्छ भने झै खेलकुद मानव स्वास्थ्यका लागि महत्वपुर्ण र अनिवार्य शर्तका रुपमा जोडिनुपर्ने बताएकी हुन ।
खेलकुद मनोरञ्जन र समय व्यतित गरिने अवस्थाका रुपमा मात्र नभई पहिचान, गौरव, व्यवसायिकता र आवश्यकता पनि भएको उनको भनाई थियो । खेल गतिविधिले चेतना र गरिने कार्यहरुबीच सकारत्मक सम्बन्ध स्थापना गर्ने उनले बताइन । विद्यार्थीहरुले आफ्नो दैनिक दिनचर्यामा खेलकुद समावेश गरेर शैक्षिक क्षेत्रमा राम्रो प्रदर्शन गर्न सक्ने चौधरीले बताइन । खेलकुदले दिमागलाई ताजा राख्न, शारिरिक रुपमा तन्दुरुस्त र अध्ययनको दिनचर्यामा अनुशासन थप्न सहयोग गर्ने उनको भनाई थियो । विभिन्न कालखण्डहरमा मोजाको डल्लो र भोगटेलाई फुटवल बनाई खेल्ने पुस्ताहरुबाट खेल हसतान्तरण हुँदै आएको समेत उनले स्मरण गरेकी छन् । विंसं२०४९ सालदेखी सुरु भएको आइजीपी फुटवल रनिङ ट्रफी आजसम्म आइपुग्न विभिन्न आरोह अवरोहहरु पार गरेको उनले बताइन । फुटवल नेपाल प्रहरीको पहिचान र इतिहाससँग पनि जोडिएको उनको भनाई छ । खेलकुदले सबैको लागि पहुँचयोग्य, निष्ठा र निश्पक्षताको नीति अगिंकार गरेको उनले बताइन । प्रतिस्पर्धीहरुलाई भविष्यमा कुसल नेतृत्व प्रदान गर्न खेलकुदले महत्वपुर्ण भुमिका खेल्ने समेत उनको धारणा छ ।
कार्यक्रममा नेपाल पुलिस स्कुलका प्रिन्सिपल मोहन पौडेलले स्वागत मन्तव्य राखेका थिए भने एस.पी. निराजन भट्टले कार्यक्रममा समापन मन्तव्य राखेका थिए । २९ औं आइजीपी फुटवल रनिङ ट्रफी २०८० को उद्घाटन खेलमा नेपाल पुलिस स्कुल टिम ए र काठमाण्डौ विश्वविद्यालय हाइ स्कुल चौकोटबीच (केयुएचएस) धुलिखेलबीच भएको थियो ।
उक्त खेललमा नेपाल पुलिस स्कुल टिम ए ५–० गोल अन्तरले विजयी भएको छ । दोस्रो खेलमा बेलर एकेडेमी र ग्रेसल्याड स्कुलबीच प्रतिस्पर्धा भइरहेको छ । लिग कम नकआउट आधारमा खेलाइने प्रतियोगिता आगामी पौषको पहिलो सातासम्म चल्नेछ । प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमसः ५० हजार, ४० हजार र ३० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यसका साथै व्यतिगत विधामा उत्कृष्ट खेलाडीहरुलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।