बागमती सरकारद्वारा पाँच जना कर्मचारीलाई सचिव पदमा बढुवा, को-को परे ?

 

हैटौंडा / बागमती प्रदेश सरकारले प्रदेश पाँच जना कर्मचारीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद् बैठकले निजामती ऐन २०७९ अनुसार पाँच जना कर्मचारीलाई ११औँ तहमा बढुवा गरी नियुक्त गरेको हो ।

बैठकले स्वास्थ्यतर्फ ४ र शिक्षा सेवातर्फको एक जनालाई ११औँ तहमा बढुवा गरी नियुक्त गरेको हो । प्रदेश निजामती कर्मचारी ऐन २०७९ अनुसार ११औँ तहका कर्मचारी प्रदेश सचिव हुने व्यवस्था रहेको छ ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तर्फ दीपक तिवारी, वसन्त अधिकारी, डा. अर्जुनप्रसाद सापकोटा र डा। नरेन्द्र कुमार झालाई ११औँ तहमा बढुवा गरिएको बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायले जानकारी दिए । उनका अनुसार यसअघि प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरी उनीहरूलाई ११औँ तहमा बढुवा गर्ने निर्णय गरेको थियो । अदालतमा मुद्दा परेपछि बढुवा प्रक्रिया रोकिएको थियो । तर, उक्त मुद्दासम्बन्धी रिट अदालतले खारेज गरेपछि प्रक्रिया अघि बढाइएको हो ।