काभ्रे मण्डनदेउपुरका सिद्धार्थ ढकाल युक्रेनी सेनाको नियन्त्रणमा (भिडियो)
रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्न गएका काभ्रेको मन्डनदेउपुर नगरपालिका–६ का २२ वर्षीय सिद्धार्थ ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । उनलाई मंसिर १७ गते युक्रेनको जेपोरोजिया क्षेत्रबाट पक्राउ गरिएको हो । योसँगै युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपालीको संख्या २ पुगेको छ ।
युक्रेनी सेनाले सार्वजनिक गरेको भिडियोअनुसार ढकालसहित ५ जना रुसी सेनालाई पक्राउ गरिएको हो । युक्रेनी सेनाले जेपोरोजियास्थित हिउँले भरिएको क्षेत्रमा तैनाथ रहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । युक्रेनी सेनाले उनीहरूलाई पक्राउ गरी गाडीबाट लैजाँदै गरेको, एउटा कोठामा राखिएको र आफ्नोबारे पूरा विवरण दिइरहेकोसम्बन्धी अलग–अलग तीन भिडियो सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको भिडियोमा ढकालले आफू रुस आएको एक महिना २० दिन मात्रै भएको बताएका छन् ।