काभ्रेमा घट्दै छ मातृ तथा नवजात शिुश मृत्यु दर

काभ्रेपलाञ्चोक जिल्लामा तीन वर्षको अवधीमा सुत्केरी अवस्थामा बच्चा जन्माउने समयमा स्थानीय पालिकाहरुमा २ जनाको निधन भएको छ भने नवजात शिशुहरुको भने हरेक वर्ष १० जनाको संख्यामा निधन हुने गरेको छ । नवजात शिशुहरुको निधन हुने क्रम बढेको तथ्याङ्कले देखाएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आर्थिक वर्ष २०७७/२०७८ मा जिल्लामा ८ जना नवजात शिशुको निधन हुँदा पछिल्लो वर्ष २०७८/२०७९ मा १० जना र २०७९/२०८० मा ११ जनाको निधन भएको छ । सुत्केरी गराउन बर्थिङ्क सेन्टर तथा अस्पतला लैजाँदा लैजाँदै आमा र बच्चा दुबैको ज्यान गएका घटना पनि छन् भने बच्चाको निधन भएर आमालाई बचाएको घटना पनि छन् । पालिकास्तरमा रहेका स्वास्थ्य संस्थाहरुले दिएको प्रभावकारी सेवका कारण गुणस्तरीय र पुहँचयुक्त स्वास्थ्य सेवामा नागरिकहरुले सहजता मान्न थाले पनि भौगोलिक अवस्था, विकटता तथा दक्ष जनशक्ति र आवश्यक औषधी उपलब्ध हुन नसक्दा नागरिकहरुले अकालमा ज्यान गुमाउनु परेको छ ।

१३ वटा पालिकाहरु मध्ये रोशी, महाभारत, खानिखोला, मण्डनदेउपुरमा नवजात शिशुको मृत्यु भएको छ भने रोशी र खानिखोलामा आमाको निधन भएको छ । धुलिखेल नगरपालिकाले स्वस्थ शहरको अवधारणा ल्याएको छ भने अन्य पालिकाहरुले पनि गुणस्तरीय स्वास्थ्य सेवालाई प्राथमिकता दिएका छन् । अघिल्लो वर्षको मुल्यांकनमा सेवा प्राप्तीका आधारमा १३ वटा पालिकाहरु मध्ये धुलिखेल पहिलो, पनौती दोश्रो र बेथान्चोक तेश्रो भएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेले प्रदान गरेको सेवा भने लगातार दोश्रो वर्ष पनि बागमती प्रदेशमा पहिलो हुन सफल भएको छ ।
