एनसेलको शेयर खरिद-बिक्री प्रकरणको छानबिन गर्न टंकमणि शर्माको नेतृत्वमा समिति गठन
काठमाडौं/ सरकारले एनसेलको सेयर खरिद बिक्री प्रकरणको छानबिन गर्न समिति गठन गरेको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले ५ सदस्यीय छानबिन समिति गठन गरेको हो।
टंकमणि शर्मा नेतृत्वको ५ सदस्यीय छानबिन समितिलाई समग्र विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन ३० दिनको कार्यादेश दिइएको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
समितिको सदस्यहरुमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन् ।
‘एनसेलको शेयरको खरिदबिक्रीका सम्बन्धमा जुन प्रश्न उठेको थियो, त्यो प्रशनको विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति निर्माण गर्ने निर्णय भएको छ । यस समितिमा पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको नेतृत्वमा संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । सदस्यहरुमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले हुनुहुन्छ । यसलाई ३० दिनको कार्यादेश दिइएको छ,’ उनको मन्त्री शर्माको भनाइ छ ।