अर्थतन्त्र सुधारका लागि नयाँ घोषणा गर्ने तयारीमा छु : प्रधानमन्त्री
काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि नयाँ घोषणा गर्ने तयारी भइरहेको बताएका छन्। बिहीबार काठमाडौं रेस्पोन्सिबल बिजनेस समिट कार्यक्रमलाई सम्बोधन गर्दै उनले तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति भएपनि व्यवहारमा जनतामा आशाको सञ्चार हुन नसकेको भन्दै यस्तो बताएका हुन्।
अर्थतन्त्रबारे जनतामा आशाको सञ्चार गर्न मिहिनेत गनुपर्ने अवस्था रहेको बताएका हुन् ।
“तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ । तर व्यवहारमा आमजनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मिहिनेत गर्नुपर्ने परिस्थिति छ । त्यसैले मैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोषणसमेत गर्ने तयारी गरिरहेको छु,” प्रधानमन्त्री प्रचण्डले भने, “यसमा समेत यहाँहरुको सक्रिय सहभागिता, महत्वपूर्ण सुझाव र कार्यान्यवनमा जिम्मेवारी बोध एवं तत्परता रहनेछ भन्ने मैले विश्वास लिएको छु ।”
सरकार यसका लागि आवश्यक कानुनी तथा नीतिगत आधार तयार गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ।