महाभारतको बनखुमा बिजुली पुग्यो, ४ सय घर झिलिमिली

काभ्रेको विकट क्षेत्रमा पर्ने महाभारत गाउँपालिका वडा नम्बर ६ बनखुमा पहिलोपटक केन्द्रिय प्रशारण लाइनको बिजुली पुगेको छ । विहिबार वडा नम्बर ६ का करिव ४ सय घरधुरीमा शाखालाइन चार्जको परिक्षण सफल भएको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए । शुक्रबारसम्म वडा नम्बर ३ र ७ मा लाइन चार्ज हुने उनको भनाई छ । यो सँगै उज्यालो महाभारतको सपना सफलताको विन्दुमा अघि बढेको गाउँपालिका अध्यक्ष जिम्बाले बताएका छन । यसले समृध महाभारतको यात्रालाई महत्वपुर्ण योगदान पुग्ने उनको विश्वास छ । उनका अनुसार वडा नम्बर ३, ४, ५ मा विद्युतीकरण सम्पन्नको चरणमा पुगेको छ भने चालु आर्थिक वर्षभित्र वडा नम्बर १, २ र ८ मा पनि विद्युतीकरण सम्पन्न गर्ने पालिकाको योजना छ ।
कतिभए घरमा हाउस वाइरिङ गर्न बाँकी रहेको भन्दै उनले छिटो भन्दा छिटो घरमा बत्तिको लाइन जोडेर केन्द्रिय विद्युत प्रशारण लाइनको सुविधा लिन आग्रह गरेका छन । केन्द्रिय विद्युत लाइनमा केहि समस्या भए जानकारी गराउन समेत उनको आग्रह छ ।