नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ

काठमाडौं/ काठमाडाैंकाे नागढुंगाबाट प्रहरीले दुई किलो अवैध सुनसहित ३ जनालाई पक्राउ गरेको छ। रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुनसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागढुंगाबाट सुन बरामद गरेको स्रोतले जानकारी दिएको छ।

पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेल छन्।