ट्राफिक नियम कार्यान्वयनमा आक्रामक ट्राफिक प्रहरी

– ३२१२ वटा ट्रक, ३१०८ वटा मोटरसाईकल, ११५० वटा बस, १९७१ वटा कार, जिप र भ्यान, ६१ वटा टेक्टर, टेम्पो २ सय १६ वटा गरी ९ हजार ७ सय १८ वटा कारवाहीमा परेका छन् । जसबाट ६६ लाख ८ हजार राजश्व संकलन भएको छ ।

बनेपा/जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले चालु वर्षको पाँच महिना अवधीमा ९ हजार ७ सय १८ वटा सवारी साधन कारवाही गरी ६६ लाख ८ हजार राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक जनार्दन घिमिरेका अनुसार ट्राफिक प्रहरीले कारवाहीसँगै सचेतना अभियान संचालन गरेको छ ।
४६ पटक विद्यार्थीहरुलाई कक्षा संचालन गरी ३ हजार ७ सय ९ जनालाई ट्राफिक नियमका बारेमा जानकारी गराएको छ भने ओभरटेक सम्वन्धी कक्षा ३० पटकमा ३ हजार २ सय ९० जनालाई संचालन गरेको छ । ब्यवसायीक र चालकलाई ४२ पटकमा २ हजार ६ सय १७ जना, सवारी साधनको यान्त्रिक परिक्षण ८ पटकमा ६ सय ७२ वटा, अन्र्तक्रिया गोष्ठी १६ पटकमा १ हजार ४ सय ३५ जना, चेतनामुलक माईकिङ्ग १ पटकमा २ हजार ५ सयलाई सचेत गराईएको छ । त्यस्तै सर्वसाधारणलाई इ कक्षा ३४ पटकमा २ हजार ६ सय १२, चालक÷यात्रु मैत्री कक्षा २ सय ७९ पटकमा ३० हजार ८ सय ४८ जना, चालकको स्वास्थ्य परिक्षण १० पटकमा ३ हजार ९९ जना, चालकसँग १५ मिनेट कार्यक्रम १९ पटकमा २ हजार ५ सय ६० जनालाई लिईएको छ । चालु वर्षको यो अवधीमा १ हजार ८ सय १७ पटकमा ६७ हजार ७ सय ७३ जनालाई ट्राफिक नियम सम्वन्धि जानकारी तथा सचेतना कक्षा लिएको प्रहरी निरिक्षक घिमिरेले जानकारी दिए ।

– काभ्रेमा साढे चार महिनाको अवधीमा ७७ वटा दुर्घटना भएका छन् । जसमा ७२ वटामा मोटरसाईकल संलग्न छन् ।

दुर्घटनामा २०८०/२०८१ को साढे चार महिना साउन देखि मसिंर १५ सम्मको अवधीमा १ सय १८ वटा सवारी साधन संलग्न भए । दुर्घटनामा १९ जनाले ज्यान गुमाएका छन् । २८ जना घाईते भएका छन् भने ९५ जना सामान्य घाईते भएका छन् ।
दुर्घटनामा संलग्न सवारी साधन मध्ये ९ वटा ट्रयाक्टर, टिफर ११ वटा, बस ६ वटा, माईक्रो १, जिप कार १९ वटा, मोटरसाईकल ७२ वटा दुर्घटना भएका छन् ।